सोमबार, असार ८, २०८३

कुखुराको मासुको मूल्य वृद्धि

सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम १०० ले वृद्धि भएको हो। ​फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० पुर्‍याइएको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

ताप्लेजुङ- ताप्लेजुङमा ब्रोइलर कुखुराको मासुको मूल्य वृद्धि भएको छ। सदरमुकाम फुङ्लिङ बजारमा केही सातायता मासुको मूल्य प्रतिकिलोग्राम १०० ले वृद्धि भएको हो। ​फुङ्लिङ बजारमा ब्रोइलरको मासु प्रतिकिलोग्राम अहिले ४८० पुर्‍याइएको छ।

National life

सहज रूपमा ब्रोइलर कुखुरा उपलब्ध हुन छाडेकाले मासुको मूल्य वृद्धि हुँदै गएको स्थानीय व्यवसायी बताउँछन्। जिल्लाभित्र ब्रोइलर कुखुरा पाउन छोडेपछि अहिले इलाम र झापादेखि आयात गरेर मासु बिक्री गर्दै आएको उनीहरुको भनाइ छ। 

फुङ्लिङ बजारका मासु व्यवसायी चन्द्र पौडेलले इलामबाट ब्रोइलर कुखुरा ल्याएर मासु बिक्री गर्दै आएको जानकारी दिए। हाल वृद्धि भएको मूल्यमा पनि उपभोक्ताको मागअनुसार ब्रोइलरको मासु उपलब्ध गराउन नसकेको उनले बताए।

फुङ्लिङ बजारकै व्यवसायी नरेन्द्र बस्नेतले पनि ब्रोइलर कुखुरा पाउन छोडिएकोले मासुको मूल्य महँगो भएको र। झापादेखि कुखुरा आयात गर्नुपरेको बताए। इलाम र झापामा पनि मागअनुसार कुखुरा पाउनै मुस्किल पर्ने गरेको उनको भनाइ छ।

व्यवसायी नेत्र न्यौपानेले जिल्लामा ब्रोइलर कुखुरा नपाएपछि मासु बिक्री गर्न छाडेको र अहिले स्थानीय जातका कुखुराको मासु मात्र बिक्री गर्दै आएको उनले बताए। लोकल कुखुराको मासु प्रतिकिलोग्राम ७०० ले बिक्री गर्ने गरिएको छ। 

Shivam cement

अर्का व्यवसायी कुमार शेर्पाले पनि कुखुरा पाउन छोडेपछि मासु बिक्री गर्न छोडेको जानकारी दिए। यसरी फुङ्लिङ बजारका अधिकांश फ्रेस हाउस तथा बोइलर मासु बिक्री केन्द्र हिजोआज बन्द भएका छन्। सीमित फ्रेस हाउस सञ्चालनमा रहे पनि उनीहरुले मासु महँगोमा बिक्री गर्दै आएका छन्। सहजरुपमा बोइलर कुखुरा नपाएकै कारण मासुको मूल्य वृद्धि भएको उनीहरुको भनाइ छ। मूल्य महँगो भए पनि व्यवसायीले उपभोक्ताको मागअनुसार बोइलरको मासु उपलब्ध गराउन सकिरहेका छैनन्।  

प्रकाशित: Mar 28, 2022| 10:15 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।