बुधबार, असार ३१, २०८३

नेपाल-चीन आवतजावत बन्द

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
रसुवा- रसुवागढी राजमार्गको घट्टेखोलामा सवारी साधन आवतजावत बन्द भएको छ । ठाडोखोलाको भलपानीले पक्की पुलको जग क्षति पुर्‍याएपछि नेपाल–चीन आवतजावत गर्ने सवारीसाधनलाई घट्टेखोलामा रोक लगाइएको छ । 

प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलका अनुसार जोखिम न्यूनीकरण गर्न सवारीसाधनमा रोक लगाई प्राविधिकद्वारा आजबाट अध्ययन कार्य शुरु गरिएको छ । गत शुक्रबारको अविरल वर्षाले घट्टेखोलामा बेजोडसँग पानीको बहाव बढेपछि दक्षिणतर्फको पुलको जग क्षति पुर्‍याएको स्थानीयवासीले बताए । 

सवारीसाधन नगुडेपछि भन्सार राजश्वमा दैनिक रु एक करोड घाटा हुन गएको भन्सार कार्यालयले जनाएको छ । चीन सरकारद्वारा निर्माण गरिएको उक्त पुल क्षतिको स्थानमा सडक विभागका प्रतिनिधिले जगको गहिराइ कति छ चिनियाँ प्राविधिकसँग पनि समन्वय गरी पाँच दिनभित्र गल्छी रसुवागढी राजमार्गको सिधा यातायात सञ्चालन गर्ने लक्ष्य लिएको प्रजिअ पौडेलले बताए ।   
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।