नुवाकोट- प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
किस्पाङ गाउँपालिका-३ किर्ने बगर वस्ने ३३ वर्षीय गम्बो तामाङलाई एक थान भरुवा बन्दुकसहित आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरी चौकी फिकुरेबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको हो। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।