काठमाडौं- नेपाल आँखा अस्पतालले कर्मचारी माग गरेको छ। सोमबार सूचना प्रकाशित गर्दै करार सेवामा विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ।
योग्यता पुगेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। यही चैत २७ गते अपराह्न ४ बजेभित्र दरखास्त पेस गर्नुपर्नेछ।
विस्तृत अनुभवसहितको बायोडाटा संलग्न राखी दरखास्त दिनुपर्नेछ। सर्टलिस्टिङ गरी छनोटमा परेकालाई मात्र अन्तर्वार्ताका लागि बोलाइने जनाइएको छ।