काठमाडौं- नेपाली सेनामा रोजगारीको अवसर खुलेको छ। भर्ना छनौट निर्देशनालयले लेखा उपसेनानी प्राड उपसेनानी, पाइलट उपसेनानी र विभिन्न ट्रेडका प्राविधिक अधिकृत पदहरूको लागि दरखास्त आह्वान गरिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले नेपाली सेनाको वेब साइट www.nepalarmy.mil.np भित्र JOIN THE ARMY को Recruitment and Selection बाट online दरखास्त फाराम भरी सोको प्रिन्ट आउटसहित स्वयं उपस्थित भई १० रुपैयाँको टिकट टाँसी दरखास्त पेस गर्न सक्नेछन्।
इच्छुकहरूले २०७९ वैशाख १३ गतेसम्म र दोब्बर दस्तुर सहित थप दिन ७ सम्म कार्यालय समयभित्र दर्ता गर्न सक्नेछन्। नारायणहिटी स्थित श्री नेपाल क्याभलरी उत्तरतर्फको खेल मैदानमा दरखास्त फाराम पेस गर्नुपर्ने सेनाले जारी गरेको सूचनामा उल्लेख छ।
दरखास्त फाराम बुझाउँदा सबै पदका लागि एक हजार रुपैयाँ नेपाल बैङ्क लिमिटेडको खाता नम्बर ००१०१००००००००१००१००१ कार्यालय कोड ३४५०१३५१३ र राजश्व शीर्षक नम्बर १४२२४ मा जम्मा गरेर सो को सक्कल भौचर तथा प्रतिलिपि प्रति १/१ (एक/एक) दरखास्त फाराम साथ पेस गर्नु पर्नेछ।