इण्डोनेशिया- इण्डोनेशियामा आइतबार बिहान शक्तिशाली भूकम्प गएको छ । इन्डोनेसियाको मटरम शहरबाट करिब ५० किलोमिटर उत्तरपूर्वमा रहेको लम्बोक टापुमा स्थानीय समय अनुसार बिहान ६ बजेर ४७ मिनेटमा शक्तिशाली भूकम्प गएको हो ।
भूकम्प ६ दशमलव ४ रेक्टर स्केलको भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ । हजारौँ भवन भूकम्पमा परि ध्वस्त भएका छन् भने सयौँ घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
इण्डोनेसिया भूकम्पको उच्च जोखिममा रहेको मुलुकमा पर्छ । जहाँ वर्षेनी जसो भूकम्प जाने गरेको छ । सन् २०१६ को डिसेम्बरमा गएको भूकम्पमा परी इण्डोनेसियामा १ सय जनाको मृत्यु भएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४