सोमबार, असार ८, २०८३

वैशाख ६ गतेबाट तनहुँमा कृषि गणना गरिँदै

कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

तनहुँ- तनहुँमा आगामी वैशाख ६ गतेदेखि १९ गतेसम्म कृषि गणना गरिने भएको छ। कृषकले चलन गरेको जग्गा, लगाएको बाली, पशुपन्छीपालन तथा कृषिमा वातावरणीय प्रभावसम्बन्धी विवरण सङ्कलन गर्ने उद्देश्यसहित कृषिगणना गर्न लागिएको हो।

National life

कृषि विकासका लागि स्थानीय, जिल्ला, प्रदेश तथा राष्ट्रियस्तरका योजना तर्जुमा एवं नीति निर्माण, अनुगमन तथा मूल्याङ्कन गर्न आवश्यक पर्ने तथ्याङ्कको खाँचो पूरा गरी योजनाविद् र नीति निर्मातालाई सघाउ पुर्‍याउन कृषिगणना गर्न लागिएको कार्यालय प्रमुख नवराज पोख्रेलले जानकारी दिए। 

कृषि गणनाका लागि तनहुँमा ६३  गणक परिचालन गरिनेछ। त्यस्तै १६  सुपरिवेक्षक र एक कृषिगणना अधिकृत परिचालन गरिने उनले जानकारी दिए। कृषि गणनामा तथ्याङ्क सङ्कलनको कार्य एउटै समयसीमाभित्र दुई चरणमा सञ्चालन गरिनेछ। गणक तथा सुपरिवेक्षकलाई यही चैत २५ गतेदेखि वैशाख ३ गतेसम्म तालिम सञ्चालन गरिनेछ भने २४ गतेसम्म गणक तथा सुपरिवेक्षक नियुक्ति भइसक्नेछन्।

पहिलो चरणमा गणकद्वारा छानिएका गणना क्षेत्रका प्रत्येक व्यक्तिको घरदैलोमा पुगी तोकिएको न्यूनतम मापदण्ड पूरा गरेका कृषक परिवारको सूचीकरण कार्य गरिने उनले पोख्रेलले जानकारी दिए। दोस्रो चरणमा निश्चित तथ्याङ्कीय छनोट विधिबाट सुपरिवेक्षकद्वारा छानिएका कृषक परिवारमा पुगी गणकद्वारा कृषक परिवार प्रश्नावली फारममार्फत कृषकले चलन गरेको जग्गा तथा पशुपन्छीपालन, अन्यखेती, वातावरणलगायत विविध विषयसम्बन्धी विस्तृत विवरण सङ्कलन गरिनेछ। 

दोस्रो चरणमा सुपरिवेक्षकबाट वडास्तरीय सामुदायिक प्रश्नावलीमार्फत छनोटमा परेका गणना क्षेत्र रहेको वडाको भौगोलिक अवस्थिति र सामाजिक आर्थिक अवस्था, सो क्षेत्रमा भएका पूर्वाधार एवं सेवासुविधा र त्यस क्षेत्रमा सञ्चालित विकास कार्यक्रमसम्बन्धी विवरण सङ्कलन गरिने बताइएको छ। 

Shivam cement

सोही अवधिमा सुपरिवेक्षकबाट जिल्लामा सञ्चालित संस्थागत कृषि चलनको पूर्णगण्ना गरिने र गणक तथा सुपरिवेक्षकले गर्ने स्थलगत तथ्याङ्क सङ्कलन कार्यको केन्द्र, प्रदेश तथा जिल्ला तहबाट विभिन्न चरणमा सुपरिवेक्षण गरिने कार्यालय प्रमुख पोख्रेलले जानकारी दिए। 

जिल्लाका सबै स्थानीय तहमा गरी १६७ गणना क्षेत्रबाट करिब चार हजार १७५ कृषक परिवारको छनोट गरी गणना गरिनेछ। त्यसका लागि भानुमा २०, व्यासमा १८, म्याग्देमा १६, शुक्लागण्डकीमा १८ गणना क्षेत्र तोकिएको छ। त्यस्तै भिमादमा १७, घिरिङमा १५, ऋषिङमा १८, देवघाटमा १६, बन्दीपुरमा १५ र आँबुखैरेनीमा १४ गणना क्षेत्र तोकिएको छ। 

कृषिगणनामा घर परिवारले गरेका कृषिकार्य, संस्थागत कृषिकार्य (सरकारी, अर्धसरकारी, सहकारी, व्यवसायले गरेका कृषिकार्य), वडागत सामुदायिक कृषिसम्बन्धी क्रियाकलाप समेटिनेछ। घरपरिवारले गरेका कृषि कार्यको तथ्याङ्क सङ्कलन छनोट विधिमा आधारित हुनेछ। 

कृषि गणनामा कृषकले चलन गरेका जग्गाको आधार, जग्गाको उपभोग र उपयोग, बाली लागेका जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिँचाइको विवरण, कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको सङ्ख्या र आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिङ्गको आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाका बारेमा तथ्याङ्क सङ्कलन गरिनेछ। 

कृषि वन, कृषि ऋण, बीमा, अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनको प्रभाव, हरितगृह पद्धतिको प्रयोग, माटो परीक्षण, कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहरको व्यवस्थापनजस्ता विविध विषयमा तथ्याङ्क सङ्कलन गरिने बताइएको छ। 

प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले कृषि गणनालाई प्रभावकारी र विश्वसनीय बनाउनुपर्ने बताए। नेपाली कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले गणक घरघरै पुगे नपुगेको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।  रासस

प्रकाशित: Mar 28, 2022| 07:45 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।