बिहीबार, साउन २८, २०८३

कांग्रेसले चुनावी तालमेलबारे आज टुंगो लगाउने

नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकले चुनावी तालमेल गर्ने नगर्नेबारे टुंगो लगाउने भएको हो।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

काठमाडौं- नेपाली कांग्रेसले स्थानीय तहको आगामी निर्वाचनमा गठबन्धन गर्ने नगर्नेबारे आज निर्णय गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान साढे ११ बजे बस्ने बैठकले चुनावी तालमेल गर्ने नगर्नेबारे टुंगो लगाउने भएको हो।

गएको शुक्रबारदेखि जारी बैठक आज सकाउने तयारी छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आजको बैठकबाट कांग्रेसले चुनावी तालमेलका विषयमा निर्णय गर्ने बताए।

यसअघि पहिलो दिन गत शुक्रबारको बैठकमा ६ प्रदेशका सभापतिसहित २७ जनाले आफ्नो धारणा राखेका थिए। केन्द्रीय सदस्य चुनावी गठबन्धन गर्ने र नगर्ने पक्षमा विभाजित छन्। 

आइतबारको बैठकमा  केन्द्रीय सदस्यहरू एनपी साउद, जीवनबहादुर शाही, दीपक गिरी, पुष्पा भुसाल, ईश्वरी न्यौपाने, सीता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, देवेन्द्रराज कँडेल, डा. डिला सङ्ग्रौला, सरिता प्रसाईं, अमृत अर्याल, डा. गोपाल दहित, योगेन्द्र चौधरी, कल्पना चौधरी, धु्रव वाग्ले, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, राजीव कोइराला, अब्दुल रज्जाक, चन्द्रबहादुर केसी र उमेशजङ्ग रायमाझीले आ–आफ्नो धारणा राखेको थिए। 

यसैगरी बैठकमा केन्द्रीय सदस्यहरु अब्दुल सत्तार, उदयशम्शेर राणा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना, राजेन्द्रकुमार केसी, अर्जुनजङ्गबहादुर सिंह, राजीवविक्रम शाह, डा. चन्द्रमोहन यादव, अञ्जनी श्रेष्ठ, मैकुलाल वाल्मीकि, चम्पादेवी खड्का, प्रकाश रसाइली स्नेही, रङ्गमती शाही, मञ्जुकुमारी यादव, गुरु बराल, प्रतिमा गौतम, जावेदा खातुन जागा, नागिना यादव, नानु बास्तोला, भीम पराजुली, कान्तिका सेजुवाल, गङ्गालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, सुशीला ढकाल (आचार्य), रुपा विक, विद्यादेवी तिमिल्सिना र जीवन रानाले पनि आफ्नो धारणा राखेका थिए। 

बैठकमा आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचका लागि पार्टीले गरेको एकमहिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको समीक्षा जारी छ।

प्रकाशित: Mar 28, 2022| 07:35 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।