सोमबार, असार ८, २०८३

आम्दानीको स्रोत बन्यो खोले साग र डुँडे

विषादी रहित र शतप्रतिशत जैविक हुने भएकाले खोले र डँडे साग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ।
 |  सोमबार, चैत १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत १४, २०७८

म्याग्दी- धारो, कुवा, खोला वा चिस्यान बढी हुने सिमसार क्षेत्रमा त्यसै खेर गइरहेको खोले साग बेचेर पनि मनग्गे पैसा कमाउन सकिन्छ भन्ने कुरा धेरैलाई अनौठौ लाग्ला। म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नामका बासिन्दाले खोले साग र डुँडे साग बेचेर मनग्गे आम्दानी गर्दै आइरहेका छन्।

National life

दग्नामका ७२ वर्षीय दलबहादुर गर्बुजाले गाउँको छेउमा रहेको पानीको धारो (पधेरो) को माथिपट्टी रहेको जग्गामा खोले साग लगाएर एक सिजनमा रु आठदेखि रु १० हजारसम्म आम्दानी गर्दै आएको छ भने त्यहाँका सोमबहादुर बर्देवा, राजन वर्देवा लगायत विद्यालयमा पढ्ने बालबालिकाले डुँडे साग बेचेर एक सिजनमा रु १० देखि १५ हजार आम्दानी गरेर विद्यालयको खर्च चलाएका छन्।

विषादी रहित र शतप्रतिशत जैविक हुने भएकाले खोले र डँडे साग केही वर्षयता भने स्थानीय किसानका लागि आम्दानीको राम्रो स्रोत बनेको छ।

गाउँदेखि सहर बजारसम्म खोले र डुँडे सागको माग बढ्न थालेपछि दग्नामका बासिन्दाले गाउँको चिस्यानयुक्त ठाउँमा त्यसै खेर गइरहेको साग टिपेर मनग्य आम्दानी गर्न थालेका छन्।

छिप्छिपे पानी बग्ने खोला र जरुवामा यो साग मौलाउने भएकाले यसलार्ई खोले साग भनिएको दग्नामका वीरबहादुर बर्देवाले बताउनुभयो। कतिपय स्थानमा खोले सागलाई सीम साग र पालुङ्गे साग पनि भनिन्छ।

Shivam cement

त्यसैगरी डुँडे साग जलुकीनी र खोलाको किनारामा पाइन्छ। बजारमा खोले सागको माग बढ्न थालेपछि स्थानीयले व्यावसायिक रूपमा नै खोले सागको खेती गर्न थालेका छन्।

म्याग्दीका दग्नाम, चिमखोला, बेग, हिस्तान, कुइने, गुर्जा, मुदा, मुदीलगायत ठाउँमा खोले साग पाइने भए पनि स्थानीयले यसलाई व्यावसायिक रुप दिन नसकिरहेको अवस्थामा दग्नामका बासिन्दाले व्यावसायिक रुपमा गरेको साग खेतीले धेरैलाई प्रेरणा दिने दग्नामकी ७४ वर्षीया डिलमाया गर्बुजाले बताए।

बजारसम्म पुर्‍याउन सक्ने हो भने खोले साख बजारमा खोसाखोस हुने दलबहादुरको अनुभव छ। ‘बजारसम्म पुर्‍याउन कठिन हो, बजारमा पुर्‍याउना साथ खोसाखोस हुन्छ’, दलबहादुरले भने, ‘बेनी, गलेश्वर, राखुका बजारमा साग पुर्‍याउँदै डोको रित्तिन्छ।’

यहाँका आधा दर्जन बढीले खोले सागको व्यावसायिक खेती गरेका छन्। धारा, खोला वा चिस्यानयुक्त ठाउँमा खोले सागको व्यावसायिक खेती गर्न सकिने रघुगङ्गा-४ दग्नामका कार्यालय सहायकसमेत रहनुभएका वीरबहादुर बर्देवाले बताए। उनका अनुसार बजारमा प्रतिमुठा ३० देखि ५० सम्ममा खोले साग बिक्री हुने गर्दछ।

गाउँमा घुम्न आएका व्यक्ति साग किन्न घरमै आउने गरेका उनले बताए। पछिल्लो समय यहाँको खोले साग बेनी, पोखरा, काठमाडौंमा रहेका आफन्तलाई कोशेलीका रुपमा पठाइन थालिएको छ।

किसानका अनुसार मंसिरदेखि चैतसम्म खोले साग उत्पादन हुन्छ। विशेष गरेर फागुनदेखि चैतसम्म यसको माग अत्याधिक हुने किसानको भनाइ छ।

यो साग खादा कब्जियत, कुपोषण, आँखाको समस्या भएकाको स्वास्थ्यमा प्रत्यक्ष फाइदा पुग्ने भएकाले यसको माग दिन प्रतिदिन बढ्दै गएको बताइन्छ।

किसानका अनुसार खोले साग रोपेको एक महिनाभित्र नै बेच्न लायक हुन्छ। रोप्नुबाहेक यसको खेती गर्न कुनै लगानी पनि गर्नु पर्दैन। त्यसैले विना लगानी त्यसै खेर गइरहेको खोलाको पानी सदुपयोग गरेर स्थानीय किसानले राम्रो आम्दानी गर्दै आइरहेका छन्। रासस

प्रकाशित: Mar 28, 2022| 06:50 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।