सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कांग्रेस सबै तहका जनता अटाउने पार्टी हो : मन्त्री कार्की

सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले ‘सबै नेपाली अटाउने देशवासीको साझा घर कांग्रेस हो’ बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारणले कसैलाई कुनै किसिमले विभेद नगर्ने मन्त्री कार्कीले नवप्रवेसीलाई विश्वास दिलाए।
 |  आइतबार, चैत १३, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

काठमाडौं- सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कांग्रेस सबै तहका जनता अटाउने पार्टी भएको बताएका छन्। सुनसरीको कोसी गाउँपालिका–७ स्थित हरिपुरमा आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनले ‘सबै नेपाली अटाउने देशवासीको साझा घर कांग्रेस हो’ बताए। कांग्रेस लोकतान्त्रिक पार्टी भएका कारणले कसैलाई कुनै किसिमले विभेद नगर्ने मन्त्री कार्कीले नवप्रवेसीलाई विश्वास दिलाए। 

triton college

पार्टीमा रहेका सम्पूर्ण नेता तथा कार्यकर्ताको योग्यता, योगदान र क्षमताको यो पार्टीले मूल्यांकन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले राजनीतिक केवल सपना देखाउने, विकासको अश्वासन बाँड्ने विषयवस्तु नभएको स्पष्ट पारे। मन्त्री कार्कीले जनताको अधिकारको रक्षा गर्ने, जनताको समग्र विकासमा र समाज तथा देशको उन्नतितर्फ अग्रसर गराउने कांग्रेस भएको दाबी गर्नुभयो। जनताको आस्था र विश्वासको धरोधर कांग्रेस सबैभन्दा पुरानो र ऐतिहासिक पार्टी भएको मन्त्री कार्कीले बताए।

कार्यक्रममा २०७४ सालको स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरम नेपालबाट कोसी–७ का वडाध्यक्षमा निर्वाचित रामचन्द्र मेहतासहित ३५७ जनाले विभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका थिए। 

नवप्रवेशीलाई मन्त्री कार्कीसहित कांग्रेस सुनसरी क्षेत्र नम्बर ४ का सभापति अयुब अन्सारी, पार्टीका सदानन्द मण्डल, सुलेमान मन्सुरी, अनितादेवी यादव, मोहन झासहितका नेता तथा कार्यकर्ताले पार्टीमा स्वागत गरेका थिए। 

प्रकाशित: Mar 27, 2022| 22:30 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।