बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जोशीको प्रमाणपत्र शंकाको घेरामा : अनुमोदन प्रक्रिया अझै धकेलियो

जोशीको प्रमाणपत्र शंकाको घेरामा : अनुमोदन प्रक्रिया अझै धकेलियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- शैक्षिक योग्यताको प्रमाणमा शंकाको घेरामा परेपछि प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम अनुमोदन प्रक्रिया अझै पर धकेलिएको छ । 

उनको विषयमा निर्णय गर्न आइतबार बिहान संसदीय सुनवाई विशेष समितिको बैठक डाकिए पनि थप अध्ययन गर्न पर्ने भन्दै भोली सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

गत बिहीबार सुनुवाइ सकिए पनि जोशीको अनुमोदनबारे निर्णय भएको छैन। शैक्षिक योग्यताको विवादले चर्किए पछि उनको नियुक्ति अन्योलमा परेका हो ।

जोशीको विषयमा उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको स्रोतले जनाएको छ । सुनुवाइ समिति सदस्यले जोशीको प्रमाणपत्रबारे नयाँ तथ्य फेला परेको र विवादमा परेकाले प्रमाणपत्रबारे थप बुझ्नु प्रधानमन्त्री लगायत अरु सदस्यहरुले सुझाव दिएको स्रोतले जनाएको छ ।
 
उनको विषयमा निर्णय गर्न शुक्रबार बैठक बस्ने भने पनि बैठक नै नबसी स्थगित गरिएको थियो । आइतबारका लागि डाकिएको बैठक पनि सोमबारसम्मका लागि सारिएको छ । बिहिबार जोशीको सिंहदरबारमा चार घण्टा सुनुवाइ भएको थियो । सुनवाईका क्रममा सांसद्हरुले साढे ३ घण्टा प्रश्न गर्दा जोशीले जम्मा १७ मिनेट मात्रै उत्तर दिएका थिए । 

१५ सदस्यीय समितिमा दुई तिहाइ पुर्‍याउन १० जना सदस्यको सहमति आवश्यक पर्छ ।   संवैधानिक व्यवस्थाअनुसार समितिको दुई तिहाइ मतले सिफारिस अस्वीकृत गर्न सक्छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।