बिहीबार, असार ३२, २०८३

प्रधानन्यायाधीशमा जोशीको नाम आजै अनुमोदन होला ? 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौँ- प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम अनुमोदन गर्ने वा थप अनुसन्धान गर्ने भन्ने विषयमा निर्णय गर्न संसदीय सुनवाई विशेष समितिको बैठक बस्दै छ ।

बिहान करिब ८ बजे बस्ने सिंहदरवारमा बस्ने बैठकमा जोशीको अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल हुने एक सदस्यले जानकारी दिए । उनका अनुसार आजै अनुमोदन गर्ने की थप अनुसन्धान गरेर अनुमोदन गर्ने भन्ने विषयमा बैठकमा सदस्यहरुले धारणा राख्ने छन् । 

गत बिहीबार सुनुवाइ सकिए पनि जोशीको अनुमोदनबारे निर्णय भएको छैन । सुनुवाइमा सांसदहरूले सोधेका प्रश्नहरूको विश्वस्त जवाफ नदिएको र शैक्षिक प्रमाणपत्र विवाद बाहिर आएकाले अब के गर्ने भन्ने निर्णय लिइने समितिका एक सदस्यले जानकारी दिए।

सुनुवाइकै क्रममा उनको शैक्षिक योग्यताको प्रमाणपत्र विवादमा आएपछि सुनुवाइ समितिले थप अध्ययन गर्नुपर्ने भन्दै निर्णय गरेको छैन । स्रोतका अनुसार आजको बैठकले उनका विषय उठेका आशंका बारे छानविन गर्न उपसमिति बनाउने छ । 

१५ सदस्यीय समितिमा दुई तिहाइ पुर्‍याउन १० जना सदस्यको सहमति आवश्यक पर्छ । संवैधानिक व्यवस्थाअनुसार समितिको दुई तिहाइ मतले सिफारिस अस्वीकृत गर्न सक्छ । 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।