शुक्रबार, जेठ १, २०८३

इजिप्टमा एकैदिन ७५ जनालाई मृत्युदण्ड 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काएरो- इजिप्टको एक अदालतले शनिबार मुश्लिम ब्रदरहुडका नेताहरूसहित विभिन्न ७५ जना अतिवादी इश्लाम धार्मिक अनुयायीहरूलाई मृत्यदण्डको फैसला सुनाएको छ । 

इजिप्टको कानून अनुसार फैसलालाई कायान्वयनमा लान सादा पोशाकधारी अन्य सरकारी अधिकारीको पनि परामर्श लिनु पर्ने प्रावधान रहेको छ । मृत्युदण्डको फैसलाविरुद्ध पुनरावेदन गर्न पाउने पनि कानूनी व्यवस्था रहने छ । 

आन्दोलनको बलमा पदच्युत गरिएका इश्लामिक राष्ट्रपति मोहमद मोर्सी र सुरक्षाकर्मीबीच सन् २०१३ मा भएका झडपहरूमा प्रहरीको हत्यामा सम्लग्नता रहेका तथा सार्वजनिक सम्पत्ती हिनाविना गरेको आरोपमा मुद्दा लागेका ७१३ जनमध्ये ७५ जनालाई शनिबार मृत्युदण्डको सजाय सुनाइएको हो । 

आधुनिक इजिप्टको इतिहासमा भएको कहालीलाग्दो उक्त झडपमा उक्त समय करीब ७०० इजिप्टेली नागरिकको मृत्यु भएको थियो । 

जसमा बरिष्ठ ब्रदरशहुड नेता मोहम्मद एल-बेल्टागी, इश्लाम अल–आर्यन र सफ्वात हिजाजी अदालतको कठघरामा रहेका थिए भने अन्य सुनुवाइका क्रममा अनुपस्थित थिए । 

अदालतले गत मे महिनामा युनेस्को प्रेस स्वतन्त्रता पुरस्कार प्राप्त गरेका शावकान नामबाट चिनिने प्रसिद्ध फोटो पत्रकार महमद अवु जैदको सुनुवाई भने तत्कालका लागि स्थगित गरेको छ । एजेन्सी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।