बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बिक्रीका लागि लैजाँदै गरेका दुई हात्तीसहित तीन जना पक्राउ

बिक्रीका लागि लैजाँदै गरेका दुई हात्तीसहित तीन जना पक्राउ

नेपालबाट भारततर्फ बिक्रीका लागि लैजाँदै गरेका दुई हात्तिसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  आइतबार, चैत १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, चैत १३, २०७८

पर्सा- नेपालबाट भारततर्फ बिक्रीका लागि लैजाँदै गरेका दुई हात्तिसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 

पकहामैनपुर गाउँपालिका-५ पोखरिया टोलबाट शनिबार दिउँसो प्रहरीले तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका-१८ जितपुर बस्ने ६० वर्षीय बुदिराम महतो, सोही ठाउँ बस्ने ४० वर्षीय राजु कुमाल र पर्सा पकहामैनपुर गाउँपालिका-५ सबैठवा बस्ने ३५ वर्षीय सफरोज आलम रहेका छन्। 

उक्त स्थानमा बिक्री वितरणको लागि हात्ति लैजाँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

उनीहरूलाई आवश्यक कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जमा बुझाइने प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 27, 2022| 12:20 आइतबार, चैत १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।