काठमाडौं- सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। सोही नगरपालिकाका वडा–१ स्थित नहरको झाडीमा राखिएको ७८ किलो गाँजा सशस्त्र प्रहरीले शनिबार बरामद गरेको हो।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गण हेडक्वार्टर सप्तरीबाट सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काको नेतृत्वमा खटिएको गस्ती टोलीले प्लास्टिकको प्याकेट मा एक–एक किलो गाँजा प्याक गरेर प्लास्टिकले बेरेर बोरामा राखिएको अवस्थामा भेटिएको खड्काले जानकारी दिए।
प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।