सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाण

सांसद साहमाथि भएको आक्रमणबारे छानबिन हुन्छ : गृहमन्त्री खाण

गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन्। 

National life

शनिबार बिहान भएको आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका हुन्। ‘माननीय प्रमोद शाहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ।’

गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन्। पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ। 

यसैबीच गृहमन्त्री खाणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन्। 

प्रकाशित: Mar 26, 2022| 20:38 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।