सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संक्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको पालना अनिवार्य : अध्यक्ष तिमिल्सिना

संक्रमणको खतरा रहेकाले स्वास्थ्य मापदण्डको पालना अनिवार्य : अध्यक्ष तिमिल्सिना

जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको औंल्याए।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आसन्न स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा जाँदा मास्कको अनिवार्य प्रयोग गर्न जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरुसँग आग्रह गरेका छन्।

National life

विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा आज जनकपुरधाममा आयोजित ‘कोभिड–१९ विरुद्धको खोपसम्बन्धी जोखिम सञ्चार तथा सामुदायिक सहभागिता’ विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ संक्रमणको खतरा अझै कायम रहेकाले स्वास्थ्य मापदण्डको परिपालना गर्नुपर्ने बताएका छन्।

जनतामा मत माग्न जाँदा विकास र समृद्धिका नारा मात्र होइन कोभिड–१९ बारे जोगिने विषयमा जनचेतनासमेत फैलाउन आग्रह गर्दै अध्यक्ष तिमिल्सिनाले कोभिड–१९ महामारीबाट जोगिन सबै पक्ष गम्भीर हुनुपर्ने आवश्यक रहेको औंल्याए। विश्वका कतिपय मुलुकहरुमा अझै कोभिड–१९ संक्रमणका कारण मानवीय क्षति भइरहेकाले नेपाललाई कोभिड–१९ मुक्त घोषणा नगरेसम्म सबैले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने बताए।

कोभिड–१९ संक्रमणको जोखिमलाई कम गर्न खोप लगाउने कार्यलाई तीव्र गति दिनुपर्ने औँल्याउँदै अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा अझै खोप लगाउने दर बढ्न नसकेकाले यसलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे। कार्यक्रममा नेपालस्थित विश्व स्वास्थ्य सङ्गठन कार्यालयका प्रमुख डा. राजेश सम्भाजीराव पाण्डवले कोभिड–१९ संक्रमण नियन्त्रण र रोकथामका लागि नेपालमा भएको प्रयास प्रशंसनीय रहेको बताउँदै अझै स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने बताए।

नेपालमा कोभिड–१९ संक्रमणको दर घटे पनि जोखिम अझै कायम रहेकाले खोप अभियानलाई प्रभावकारी बनाउन सुझाव दिदै उनले खोप लगाएपछि कोभिडको कारण ज्यान जाने सम्भावना कम हुने भएकाले निर्धक्क पूर्वक खोप लगाउन आग्रह गरे।

Shivam cement

मधेस प्रदेशसभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता सङ्गीता कौशल मिश्राले नेपालमा ६४ प्रतिशतले पूर्ण र ७५ प्रतिशतले एक मात्रा डोज खोप लगाएको जानकारी दिइन्।

लक्षित वर्गलाई शतप्रतिशत खोप लगाउन खोप अभियानलाई तीव्र गति दिनुपर्नेमा उनको जोड थियो। मधेस प्रदेशसभाका सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा जोखिम सञ्चार तथा सामुदायिक सहभागिताको महत्व र जनस्वास्थ्यको सवालमा जनप्रतिनिधिहरुको भूमिका, संयन्त्र स्थापना तथा सञ्चालन, कोभिड–१९ महामारीको सन्दर्भमा जनस्वास्थ्यका मापदण्डहरूको वैज्ञानिक कारण र खोप अभियानमा प्रदेशसभा सदस्यहरुको भूमिका लगायतका विषयमा स्वास्थ्य मन्त्रालयका स्वास्थ्य शाखा प्रमुख डा.राधिका थपलिया, शिला श्रेष्ठ, डा.आलिसन गोकोटानो, डा.शीतल अधिकारी लगायतले सहजीकरण गर्ने कार्यक्रम रहेको जनाएको छ।  रासस

प्रकाशित: Mar 26, 2022| 16:05 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।