सोमबार, असार ८, २०८३

दोलखाको लापिलाङमा आगलागी हुँदा ५० लाखको क्षति

वडाध्यक्ष सुवास थामीका अनुसार खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पुनर्निर्माण गरिएका तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८
National life
Shivam cement

दोलखा- दोलखा कालीन्चोक गाउँपालिका-५, लापिलाङमा शनिवार बिहान भएको आगलागीबाट विकास थापा, कृष्णबहादुर थापा र ईश्वर थापाको घर जलेर पूर्ण रुपमा नष्ट भएको छ।

वडाध्यक्ष सुवास थामीका अनुसार खाना पकाउन बालिएको ठाउँबाट सल्किएको आगोले भूकम्पपछि पुनर्निर्माण गरिएका तीनवटै घर र सामग्री जलेर नष्ट भएको छ।

भीमेश्वर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो। बाक्लो गाउँ भएको र घरहरू सँगै जोडिएर निर्माण गरिएकाले एक घरमा सल्किएको आगोले अन्य घरसमेत जलेर नष्ट भएको हो।  आगलागीबाट तीनवटा घरसहित घरमा भएको सामग्रीहरू जलेर करीब ५० लाखभन्दा बढीको क्षति भएको वडाध्यक्ष थामीले बताए। 

प्रकाशित: Mar 26, 2022| 15:03 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।