सोमबार, असार ८, २०८३

जंगली बँदेलले खेतीबाली नष्ट गर्दा किसान चिन्तित

नगरपालिका विभिन्न वडामा अचानक देखापरेको बँदेलको समूहले खेतबारीमा लगाइएको मसुरो, आलस, रहर, तोरी , गहुँ, फलफूल र तरकारी बालीलाई क्षति पुर्‍याएपछि स्थानीय किसान चिन्तित भएका हुन्।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

महोत्तरी- जंगली बँदेलले खेतीबाली नष्ट गर्दा महोत्तरीको जलेश्वर नगरपालिकाका किसान चिन्तित भएका छन्। नगरपालिका विभिन्न वडामा अचानक देखापरेको बँदेलको समूहले खेतबारीमा लगाइएको मसुरो, आलस, रहर, तोरी , गहुँ, फलफूल र तरकारी बालीलाई क्षति पुर्‍याएपछि स्थानीय किसान चिन्तित भएका हुन्।

National life

नगरपालिका-६ मा १५/२० बिघाभन्दा बढीमा लगाइएको गहुँको जरा काटिदिने, बीचबाट बोट काटिदिने गर्नाले अधिकांश गहुँ नष्ट भएको स्थानीय किसान गणेश साहले बताए।

त्यस्तै ५०/६० बिघामा लगाइएको मसुरो, आलस, रहर, तोरी र आलु, लौका, फर्सी, बोडी, भिन्डी, टमाटरलगायत विभिन्न किसिमको तरकारी बाली तथा तरबुजा, काँक्रो, केरा लगायतका फलफूलहरू खाइदिने तथा जथाभावी रूपमा खेतबारी खनेर नष्ट गर्नेगरेको स्थानीय किसान रामएकवाल साहले जानकारी दिए।

लखेटन जाँदा बँदेल तीव्र गतिमा मानिसतिरै आउनाले किसानलाई त्रसित बनाउने गरेको जलेश्वर नगरपालिका-७का किसान बिरजु महतोको भनाइ छ। यसको नियन्त्रण तथा क्षतिपूर्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका किसानलाई वन कार्यालयमा जान भनिएको र वन कार्यालयले प्रक्रिया पुरा गर्नुपर्ने सुझाव  दिएको बताइएको छ। 

प्रकाशित: Mar 26, 2022| 14:38 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।