बुधबार, असार ३१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गाउँपालिका अध्यक्षको घोषणा : मेरो तलब टुहुराको हितमा 

गाउँपालिका अध्यक्षको घोषणा : मेरो तलब टुहुराको हितमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
धनगढी–अछामको बान्नीगढी जयगढ गाउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर खड्काले सरकारबाट आफुले पाउने सबै तलब टुहुरा तथा आनथ बालबालिका र जनहितका कार्यमा खर्च गर्ने घोषणा गरेका छन् ।

शनिबार गाउपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम अध्यक्ष खड्काले यस्तो घोषणा गरेका हुन् । आफू पैँसा कमाउनका लागि नभएर जनताको सेवाका लागि राजनीतिमा आएको बताउदै खड्काले सरकारबाट पाउने सबै तलब टुहुरा, अनाथ बालबालिका, महिला बृद्धबृद्धा तथा जनहितका कार्यमा खर्च गर्ने घोषणा गरे । 

‘आफुलाई भरोषा गरेरे मत दिई जिताएका जनतालाई कुनै पनि हालतमा निराश हुन  दिन्न,’ उनले भने  । बान्नीगढी जयगढ गाउपालिकालाई नमुना गाउपालिकाका रुपमा विकास गर्न आफु लागि परेको बताउदै उनले यस अभियानमा सकारात्मक सहयोग गर्न सबैमा अपिलसमेत गरे । प्रतिष्ठित व्यापारी खड्का नेपाली कांग्रेसबाट अध्यक्षमा निर्वाचित हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।