शनिबार, चैत २३, २०८१

ओस्कर २०२२ ले कसरी रच्नसक्छ इतिहास?

फिलाडेल्फियामा टम ह्याक्सको अभिनयले अस्कर जितेको थियो भने हिलारी स्वाकले ‘ब्याइज डन्ट क्राई’का निम्ति अस्कर हात पारेका थिए। पश्चिमेली समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा व्यापक बदलाव आएसँगै हलिवुडमा पनि उनीहरूका विषमा चलचित्र बन्ने लहरै चलेको छ। निःसन्देह, गुणस्तरीयताको अन्तिम मापक पुरस्कार प्राप्ति होइन।
 |  शनिबार, चैत १२, २०७८
nespernesper

बीबीसी

बीबीसी

शनिबार, चैत १२, २०७८

vianetvianet

सन् १९९० को दशकसम्म यौनिक तथा लैङ्गिक अल्पसंख्यक (एलजीबीटीक्यु)का विषयमा आधारित सिनेमाहरू अपवाद बाहेक फिल्म फेस्टिभलमा मात्रै सीमित हुन्थे ओस्कर उनीहरूका निम्ति टाढाको विषय  थियो। अपवादमा पर्न सफल चलचित्र थिए १९९३ मा बनेको ‘फिलाडेल्फिया’ र १९९९ मा निर्मित ‘ब्याइज डन्ट क्राई’।

triton college

फिलाडेल्फियामा टम ह्याक्सको अभिनयले अस्कर जितेको थियो भने हिलारी स्वाकले ‘ब्याइज डन्ट क्राई’का निम्ति अस्कर हात पारेका थिए। पश्चिमेली समाजमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोणमा व्यापक बदलाव आएसँगै हलिवुडमा पनि उनीहरूका विषमा चलचित्र बन्ने लहरै चलेको छ। निःसन्देह, गुणस्तरीयताको अन्तिम मापक  पुरस्कार प्राप्ति होइन। 

निर्धक्क साथ के भन्न सकिन्छ भने पुरस्कृत विषयले भने समसामयिक सोचलाई प्रतिबिम्बित भने गर्नेनैछ। पश्चिमा राष्ट्रमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचानलाई समाजले सहर्ष स्विकार्नू अब आश्चर्यको विषय रहेन। समाजले जति सहजै उनीहरूको पहिचानलाई स्वीकार्य त्यही अनुपातमा उनीहरूको सेरोफेरोमा चलचित्रहरू पनि बन्दै गए। यौनिक तथा लैङ्गिक अल्पसंख्यकका विषयमा निर्माण भएका चलचित्रहरू पनि  विभिन्न अवार्डमा छाउन थाले।

सन् २००० को दशककाबारे कुरा गर्दा, २००५ मा निर्मित ‘ब्रोकब्याक माउन्टेन’ र २००८ मा बनेको चलचित्र मिल्क त्यसका उदाहरण हुन्। ७८औं एकेडेमी अवार्डमा ब्रोकब्याक माउन्टेनले उत्कृष्ट चलचित्रको अवार्ड पायो भने निर्देशक अङ लीले पनि उत्कृष्ट निर्देशकको अवार्ड पाए। यस चलचित्रले विभिन्न अवार्डका विभिन्न विधामा दर्जनौं पुरस्कार प्राप्त गरेको थियो। 

लैङ्गिक तथा अल्पसंख्यकलाई नै केन्द्रमा राखेर निर्माण गरिएका चलचित्र मूलप्रवाहमा आउन थाले। सन् २०१७ मा  ‘फेन्टास्टिक वुमन’, कल ‘मी बाई योर नेम’ र सन् २०१८ मा द फेभरेलटले विभिन्न पुरस्कारमा बाजी मारे। 
यतिमात्रै होइन दुई गोठालाहरूको ‘गे’ सम्बन्धका विषयमा आधारित यस चलचित्रले ओस्करमा तीन विधामा अवार्ड पायो। यस्तै सन् २००८ मा बनेको मिल्कले पनि ओस्कर पाए भने यसका अभिनेता सियन पेनले पनि यसै चलचित्रका निम्ति ओस्करमा अवार्ड पाए। यस चलचित्रले ओस्करमा उत्कृष्ट लेखन तथा पटकथामा पनि अवार्ड पाएको थियो। 

सन् २०१६ मा बेरी जेनकिन्सको मुनलाइट यौनिक तथा लैङ्गिक अल्पसंख्यकका कथालाई थप मान्यताका निम्ति निर्णायक नै बन्यो। ‘गे’लाई प्रमुख पात्र बनाउने पहिलो चलचित्र यही नै हो। यस चलचित्रमा पात्रले आफ्नो लैङ्गिकताका कारण आजीवन खेप्नुपरेका दुःख र संघर्ष चलचित्रको प्रमुख कथा हो। यसले ओस्करमा उत्कृष्ट चलचित्रको अवार्ड पायो।  

लैङ्गिक तथा अल्पसंख्यकलाई नै केन्द्रमा राखेर निर्माण गरिएका चलचित्र मूलप्रवाहमा आउन थाले। सन् २०१७ मा  ‘फेन्टास्टिक वुमन’, कल ‘मी बाई योर नेम’ र सन् २०१८ मा द फेभरेलटले विभिन्न पुरस्कारमा बाजी मारे। 

प्रकाशित: Mar 26, 2022| 12:41 शनिबार, चैत १२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।