शुक्रबार, कात्तिक २, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

‘नेताले जनता खोज्ने बेला हामी नेता खोज्दै छौं'

‘नेताले जनता खोज्ने बेला जनताले नेता खोजिरहेका छौं,’ कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना (नयाँ शिविर)की राजेश्वरी रोकायाले भनिन्। उनले स्थानीय तहको चुनाव नजिकिएसँगै नेताले जनता खोज्ने बेला रहेको भए पनि आफूहरूले योग्य नेता खोजिरहेको बताएकी छन्।
 |  शनिबार, चैत १२, २०७८
nespernesper

भीम चौधरी

भीम चौधरी

शनिबार, चैत १२, २०७८

धनगढी- ‘नेताले जनता खोज्ने बेला जनताले नेता खोजिरहेका छौं,’ कैलालीको धनगढी उपमहानगरपालिका-१७ धुर्जन्ना (नयाँ शिविर)की राजेश्वरी रोकायाले भनिन्। उनले स्थानीय तहको चुनाव नजिकिएसँगै नेताले जनता खोज्ने बेला रहेको भए पनि आफूहरूले योग्य नेता खोजिरहेको बताएकी छन्।

triton college

‘हामी चुनावअघि माग पूरा गर्नेलाई भोट दिन्छौं,’ उनले भनिन्, 'बस्तीमा शौचालय छैन। पैसा नभएर बिजुली जडान गर्न सकेका छैनौं। खानेपानीको समस्या छ। भात खानलाई रोजगार छैन। सडक स्तरीय छैन।’ उनले आफूहरूका समस्यालाई प्राथमिकतामा राखेर गम्भीर बन्ने नेतालाई नै मतदान गर्ने बताएकी छन्।

‘नामावली यही छ। भोटिङ यही छ। जसले हाम्रो माग पूरा गर्छ, उसैलाई हामीले मतदान गर्ने हो,' उनले भनिन्। 

धुर्जन्ना शिविर गोदावरी नगरपालिकाको हरैयाबाट उठाएर बसाइएको बस्ती हो। शिविरमा ६४ घर परिवारको बसोबास रहेको छ। 

नेकपा माओवादीले हरैयास्थित रणबहादुर शाहको व्यक्तिगत जग्गामा बस्ती बसालेको थियो। तर, २०७५ सालमा सुकुम्वासीलाई धनगढीको धुर्जन्नामा बस्ती बसालिएको थियो।

Metro Mart
vianet

‘यहाँ सारियो सडक राम्रो छैन। बिजुली पुगेको छ। मिटर जडान गर्न पैसा छैन,’ हिरा वादीले भनिन्, ‘मिटर जडान गर्न १० हजार बढी रकम लाग्छ। हामीसँग त्यत्रो पैसा छैन। खानेपानीका लागि पर्याप्त धारा छैन। जग्गा कित्ताकाट भएको छैन। बाटोमा ग्राभेल छैन। गाउँ नदी कटानको उच्च जोखिममा छ।’

४/५ घर परिवारले एउटै नल प्रयोग गरिरहेको उनले बताएकी छन्। 'यहाँ खुला दिशामुक्त घोषणा गरिएको छ। तर, शौचालयको व्यवस्था छैन,’ वादीले भनिन्, ‘हरेक घरलाई नल, शौचालयको व्यवस्था गर्नुपर्‍यो। नदी कटानका लागि पक्की तटबन्ध हुनुपर्छ। सडक ग्राभेल गरेर पानी पिच हुनु पर्‍यो।’

नमुना शिविरका गोविन्द विकले आफ्नो नाममा जग्गा नभएकाले फेरि पनि यहाँबाट उठाएर अन्यत्र सार्छन् कि भन्ने डर रहेको बताए। ‘१६ वर्ष हरैयामा बस्यौँ। त्यहाँबाट यहाँ सारियो। जग्गा नाममा छैन,’ विकले भने, ‘न त जग्गा नाममा छ न त कुनै रोजगारी छ।’

उनले हरैयामा बस्दा दैनिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्ने गरेको बताएका छन्। 'यहाँ काम छैन। धनगढी बजार टाढा छ। केही काम गरौं भने पैसा छैन। जग्गा राखेर ऋण निकालौँ आफ्नो नाममा छैन,’ उनले भने।

कहिबाट सुनुवाइ नभएको भन्दै नमुना शिविरवासीले विभिन्न दलका प्रतिनिधिलाई शिविरमै बोलाएर गुनासो गर्दै चुनावअघि समस्या समाधान गर्न दबाब दिएका थिए। शिविरवासीको निमन्त्रण स्वीकार गर्दै शिविर पुगेका नेकपा एमालेका रणबहादुर चन्द, नेकपा माओवादीका रामबहादुर चौधरीलगायतका स्थानीय तथा जिल्ला तहका नेताले समस्या समाधानका लागि सक्दो प्रयास गर्ने बताए। 

याक नेपालका सर्जुप्रसाद चौधरीले बस्तीको समस्यालाई खाद्य अधिकार सबलीकरण परियोजनासँग जोडेर लगिने बताए। ‘हकअधिकारका लागि हरेक समुदायका व्यक्तिले आवाज उठाउनुपर्छ। राज्यका निकाय आफै आएर दिँदैन। हामी सचेत हुन जरुरी छ,’ सर्जुप्रसाद चौधरीले भने, ‘आधारभूत आवश्यकता जति पनि छन् शिविरवासीले आफ्नै पहलमा आवाज उठाउने प्रयास गरे त्यो सहनीय छ। हामीले पनि सहकार्य गर्दै उनीहरूको समस्या समाधान गर्न जरुरी छ।’

नेपाली कांग्रेसबाट निर्वाचित वडा नम्बर १७ का अध्यक्ष माधवराज रानाले शिविरवासीलाई सुरुमा खाद्य र बिस्तराको व्यवस्था गरेको बताए। वडा अध्यक्ष माधवराज रानाले खरको छाना विस्थापित गरेर (सुरक्षित आवास) कार्यक्रम अन्तर्गत ६४ घरमा कर्कट पाताको व्यवस्था, रेडक्रससँगको सहकार्यमा ६ लाख र नगरपालिकाको ४ लाख रुपैयाँको लागतमा तटबन्धन, बस्तीमा ५ वटा धारा, शौचालयका लागि रिङ्ग दिने निर्णय गरे पनि काम गर्न नसकिएको बताए। ‘चालु आर्थिक वर्षमा हरेक घरमा धारा गाड्ने चाहना छ,’ वडा अध्यक्ष रानाले भने, ‘हेरौं कति गर्न सकिन्छ।’

‘आर्थिक वर्ष २०७७/०७८ मा नमुना बस्तीमा लाइन विस्तारका लागि पाँच लाख रुपैयाँ बजेट विनियोजन गरेका थियौं। अहिले बस्तीमा लाइन बिस्तार भएको छ,’ रानाले, ‘घरमा वाइरिङका लागि एक संस्थासँग कुरा भएको छ।’ उनले एक/दुई दिनमा बाटो ग्राभेल हुने बताएका छन्। तटबन्धनका लागि भने संघीय सरकारसँग अनुरोध गरिएको उनले बताए।

शिविरमा बसोबास गर्नेहरूको सामूहिक लालपुर्जा बनाइएको छ। हरैयाका रणबहादुर शाहले धुर्जन्नामा बस्ती स्थानान्तरण गरेर प्रति घर ७० हजारका दरले रुपैयाँ दिएका थिए। धनगढी उपमहानगरपालिकाले ३०/३० हजार रुपैयाँ थपेको थियो भने सुरक्षित आवास कार्यक्रम अन्तर्गत कर्कट पाताका लागि ५० हजारका दरले सहयोग गरेको बताइएको छ।

प्रकाशित: Mar 26, 2022| 12:12 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।