सिन्धुपाल्चोक- फटकशिला ग्रामीण खानेपानी तथा सरसफाइ आयोजनाले मेलम्ची नगरपालिका-१३ स्थित फटकशिलाका तीन सय घरधुरीमा खानेपानी उपलब्ध गराइएको छ। नगरपालिकाको दुई करोड लगानीमा बोरिङ गरी पानी उपलब्ध गराएपछि वर्षौंदेखि खानेपानी समस्यामा रहेका फटकशिलाका बासिन्दाका घरघरमा पानी पुगेको हो।
नगरप्रमुख डम्बर अर्यालले नगरपालिकाको सबैभन्दा ठूलो खानेपानी आयोजना सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै पानी ट्यांकी र धाराको संरक्षण गर्न स्थानीयवासीलाई आग्रह गरेका छन्। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले मिटर हालिसकेपछि उठेको पैसाले आयोजना मर्मत गर्न सजिलो हुने बताए।
त्यस्तै, खानेपानीको हाहाकार भएको इन्द्रावती गाउँपालिका-१२ स्थित भिमटारका एक सय ९५ घरधुरीमा पनि खानेपानीको धारा उपलब्ध गराइएको छ। ३७ लाखको लागतमा ८२ घनमिटरको ट्यांकी बनाएर खानेपानी उपलब्ध गराएको हो।
गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले यस क्षेत्रमा खानेपानीको हाहाकार हुँदै आएकोमा अहिले सफा र स्वच्छ पानी स्थानीयवासीले पिउन पाएको बताए।