शनिबार, चैत २, २०८१

जनकपुरधामको विकासका लागि योजना बनाउँदै

करीब ४ वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल शुरू गरेको हो।
 |  शनिबार, चैत १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, चैत १२, २०७८

जनकपुरधाम- वीरगञ्जस्थित भारतको महावाणिज्य दूतावासले जनकपुरधामको विकासका लागि गर्न सकिने योजनाबारे सरोकारवालासँग छलफल अघि बढाएको छ। करीब ४ वर्षअघि जनकपुरधाम भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घोषणा गरेको एक अर्ब रुपैयाँको आर्थिक सहयोगबाट जनकपुरधामको समग्र विकासका लागि गर्न सकिने योजनाबारे दूतावासले सरोकारवालासँग छलफल शुरू गरेको हो। 

health

जनकपुरधाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वाणिज्यदूत नितेशकुमारले भारत सरकारले जनकपुरधामको विकासका लागि आर्थिक सहयोगको प्याकेज ल्याएको जानकारी दिए।

‘प्रधानमन्त्री मोदीले घोषणा गर्नुभएको आर्थिक सहयोगको घोषणा अनुसारको रकम आउँछ, ढुक्क हुनुस्,’ उनले भने, ‘त्यो आर्थिक सहयोग कुन कुन योजना बनाएर, कसरी काम गर्ने भन्ने विषयमा मधेश प्रदेशका मुख्यमन्त्री, जनकपुरधाम नगरपालिकाका प्रमुख,  प्रदेशका नीति योजना आयोगका पदाधिकारीलगायत सरोकारवालासँग छलफल गरिरहेका छौं। उहाँहरूको सरसल्लाह र योजनाअनुसार नै हामी सहयोग गर्छौं।’ 

भारतीय सरकारको सहयोगमा सञ्चालित योजनाको अनुगमन गरी त्यसलाई समयमै सम्पन्न गर्न  पहल गरिने वाणिज्यदूत नितेशकुमारको भनाइ थियो। मधेश प्रदेशका धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा तथा बागमती प्रदेशको चितवन र मकवानपुर गरी आठ वटा जिल्लालाई कार्यक्षेत्र बनाएर विगत एक वर्षभित्र चितवनको गुञ्जमान सिंह अस्पताल, राष्ट्रिय प्राथमिक विद्यायल, मकवानपुरको बागमती निम्न मावि, सर्लाहीको बालगोविन्द जनता मावि र जनता मावि सर्लाहीको भवन निर्माण गरिएको उनले जानकारी दिए।

केही समयपछि नेपाली युवा पत्रकारलाई परिचयात्मक भ्रमणका लागि भारत पठाउने योजना बनाइएको जानकारी दिँदै वाणिज्यदूत नितेशकुमारले नेपालबाट सांस्कृतिक टोली भारत पठाउनेसमेत योजना बनाएको सुनाए।

प्रकाशित: Mar 26, 2022| 10:28 शनिबार, चैत १२, २०७८
citizen insidecitizen inside
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।