बुधबार, असार ३१, २०८३

३६ लाख घुससहित इञ्जिनियर पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
भैरहवा- ३६ लाख रुपैयाँ घुसको रकम सहित भवन तथा शहरी विकास कार्यालय रुपन्देहीका प्रमुख इञ्जिनियर सुरेश ठाकुरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

आयोगको टोलीले शनिबार भैरहवाबाट ठाकुरलाई ३६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो ।  ठाकुरले निर्माण व्यवसायीसंग लिएको उक्त घुस बापतको रकम आफ्नी श्रीमति मार्फत स्थायी घर विरगन्ज तर्फ पठाउदैं थिए ।

श्रीमानले घुसवापत बुझेको रकमको थैलो समाएर जादैं गरेको अवस्थामा श्रीमान श्रीमति पक्राउ परेको अख्तियारका एसपी दिनेश आचर्यले जनाए ।

यसैगरी शनिबार नै गुल्मीमा सव ईन्जिनियर एक लाख घुससहित पक्राउ परेका छन् । उनी पनि निर्माण व्यवसायीसंग एक लाख घुस रकम लिएकाले पक्राउ परेका हुन् । तम्घास-सिमलटारी-प्युठान सडक आयोजनाका सब ईन्जिनियर प्रकाश झालाई अख्तियारको टोलीले सदरमुकाम तम्घासवाट पक्राउ गरेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।