मंगलबार, पुस १, २०८२

गुडिरहेको बसमा एक्कासी आगलागी

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३:४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

कालीकोट- कालीकोटबाट काठमाडौंका लागि छुटेको छुटेको ना८ख २३५६ नंको यात्रुवाहक बसमा आगलागी हुँदा पूर्ण रुपले नष्ट भएको छ । बस आज बिहान ७:३० बजे कालीकोटको जिते बजारबाट छुटेको थियो । 

National life

कालीकोटदेखि सुर्खेत–नेपालगन्ज हुँदै काठमाडौंका लागि जाँदै गरेका बस गुडिरहेको अवस्थमा बराहताल गाउँपालिका–८ सुर्खेत ओदाल तालस्थित दिउँसा ३:४५ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए। 

तार सट भएर आगलागी हुँदा बस पूर्ण रूपले नष्ट भएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए। 'जिल्ला प्रहरी कार्यालय सुर्खेतको प्रहरी टोली बस जलेको सूचना पाउने बित्तिकै वीरेन्द्रनगर नगरपालिकाको दमकल लिएर त्यहाँ पुगेको थियो,' उनले भने, 'दमकलले आगो निभाए पनि बस पूर्णरुपले जलेको छ।'

आगलागी भएलगत्तै बसमा सवार यात्रु झरेपछि मानवीय क्षति नभएको प्रहरी नायब उपरीक्षक घर्तीले बताए। बस चालक सुरेन्द्र थापाले ओदालतालस्थित सडकको उकालो सकिने अन्तिम मोडमा बस चल्दाचल्दै केही पड्किएको जस्तो आवाज आएको बताए। 

'घुम्तीमा बस मोड्ने क्रममा केही पड्किएको आवाज आयो। हत्तपत्त ह्यान्ड ब्रेक लगाएँ र झरेर हेर्दा गेयरबक्स र इन्जिनको बीचमा सानो आगो बलेको थियो,' चालक थापाले भने, 'यात्रुहरू सबै झर्नुभयो । सेक्टा भाँचेर आगो निभाउन खोज्दै थियौँ तर आगोले एकैचोटि माथि भेट्यो।' 

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 25, 2022| 21:59 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।