सोमबार, मंसिर २९, २०८२

खुला चौरमा बसेर पढ्न बाध्य छन् जुम्लाका विद्यार्थी

विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन्। उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन्। हिउँदे याममा कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका छन्। विद्यालयमा दुई कोठे तीनवटा भवन छन्। भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

खलंगा- जुम्लाको कनकासुन्दरी गाउँपालिका–३ गौरीगाउँस्थित नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन्। विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थीहरू खुला चौरमै बसेर पढ्न बाध्य भएका हुन्। उनीहरू वर्षायामको चर्को घाममा चौरमै पढ्छन्। हिउँदे याममा कठयांग्रिदो जाडोमा समेत चौरमै बसेर पढिरहेका छन्। विद्यालयमा दुई कोठे तीनवटा भवन छन्।  भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन्।  

National life

विद्यार्थीहरूलाई बस्नका लागि कक्षा कोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको विद्यालयका प्राधानाध्यापक हरिबहादुर बुढाले बताए। 

विद्यालयमा काम लाग्ने भवन एकमात्र रहेको छ। सो भवनका दुइ कोठा छन्। एउटा कोठामा विद्यालयको कार्यालय छ। अर्कोमा बालविकास केन्द्रका विद्यार्थी पढिरहेका छन्। विद्यार्थीलाई बस्नको लागि कक्षाकोठा नभएर शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको उनले बताए। 

उनका अनुसार विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ। विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्यार्थी आउने गरेका छन्। कक्षा ५ मा अध्ययनरत निराजन बुढाले भने, 'बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ।'

विद्यालयको संरक्षणमा स्थानीय सरकारको ध्यान गएको छ। यहाँका अभिभावकको कुने चासो छैन। सबै टुलटुलु हेरेर बसेको विद्यालयका प्रअ बुढाले बताए।

Laxmi sunrise bank
kumari

चैत महिनाको गर्मीले खुला चौरमा पढ्न निकै सास्ती भएको कक्षा ५ मा अध्ययनरत विद्यार्थी नीराजन बुढाले जानकारी दिए। उनका अनुसार विद्यार्थीका लागि विद्यालयमा एउटा मात्र कोठा छ। जहाँ साना बालविकास केन्द्रका बालबालिका बस्छन्। ठूला कक्षाका विद्यार्थीलाई चौरमा पढ्न बाध्य भएका छौँ। बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला चौरमै पढाइ हुने गरेको ५ कक्षामा अध्ययनरत अर्का विद्यार्थी रमिला बुढाले बताए। 

विद्यार्थीलाई पर्याप्त कक्षकोठाको व्यवस्थापन गर्न स्थानीय सरकार, कर्णाली प्रदेश सरकारदेखि सामाजिक सङ्घसंस्थाको कसैको ध्यान नगएको विद्यार्थीहरुको भनाइ छ। विद्यालयको भौतिक संरचना निकै जीर्ण अवस्थामा रहेको छ। विद्यालयको पठनपाठन र भौतिक संरचनाको अवस्था हेर्दा निकै दयनीय देखिएको छ। 

यो अवस्थाले गुणस्तरीय शिक्षाको कल्पना गर्न सकिँदैन। तत्काल विद्यार्थी बस्नको लागि एउटा कक्षकोठा मर्मत गर्न सकिने बजेट प्रदान गरिएको कनकासुन्दरी गाउँपालिकाका शिक्षा शाखा प्रमुख नारायण न्यौपानेले बताए।

प्रकाशित: Mar 25, 2022| 19:00 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।