आइतबार, चैत ८, २०८२

खानपानका लागि डब्लुएचओका ५ टिप्स

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कैयौं चिजमा परिवर्तन आएको छ। कामकाज, सरसफाइदेखि लिएर खानपानको तौरतरिकामा बदलाव आएको हो।
 |  शनिबार, साउन २३, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन २३, २०७८

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण कैयौं चिजमा परिवर्तन आएको छ। कामकाज, सरसफाइदेखि लिएर खानपानको तौरतरिकामा बदलाव आएको हो।

National life

सरससफाइ, स्वास्थ्य, खानपान तथा स्वच्छता मानिसको प्राथमिकतामा पर्न थालेको छ। खानपानका कारण कोभिड–१९ फैलिन्छ कि भन्ने चिन्ता पनि कतिपयमा छ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सुरक्षित खानपानका लागि ५ वटा टिप्स दिएको छ।

१) सधैं स्वच्छ रहनुस् ।

-खाना पकाउनुअघि तथा पकाइरहँदा पनि हात धुनुस्।

Laxmi sunrise bank
kumari

-शौचालय गएपछि हात राम्रोसँग धुनुस्।

-खाना बनाउने ठाउँ (किचेन), चुल्हो तथा भाँडाकुँडा राम्रोसँग सफा गर्नुस् र सेनिटाइज पनि गर्नुस्।

-किचेनलाई किरा–फट्यांग्रा तथा घरपालुवा जनावरको पहुँचबाट टाढा राख्नुस्।

२) नपकाइएको खानेकुरा पकाएको खानेकुरासँग टाढा राख्नुस्।

-कुखुराजन्य उत्पादन (अण्डा, मासु आदि), खसीको काँचो मासु तथा सी फुड आदि अन्य खानेकुराभन्दा अलग राख्नुस्। यसबाट अन्य खानेकुरामा ब्याक्टेरिया सर्न सक्छ।

-काँचै खान मिल्ने खानेकुराका लागि छुट्टै भाँडाकुँडा, चक्कु तथा कटिङ बोर्ड प्रयोग गर्नुस्।

-पकाइएको खानेकुरा र काँचो खानेकुराबीच कुनै पनि किसिमको सम्पर्क वा मिसावट नहोस्।

३) खानेकुरा राम्रोसँग पकाउनुस्

-खासगरी खसी तथा कुखुराको मासु, अण्डा, सी फुड आदि राम्रोसँग पकाएर मात्र खानुस्। निश्चितताका लागि थर्मोमिटर प्रयोग गर्न सक्नुहुन्छ। राम्रोसँग पकाउँदा खानेकुरामा भएको सुक्ष्म किटाणु नष्ट हुन्छ।

-सुप आदि झोलिलो पदार्थ कम्तिमा ७० डिग्री सेल्सियस तापक्रममा उमाल्नुस्। कुनै पनि खानेकुरा कम्तीमा यो तापक्रममा पकाएपछिमात्र खान लायक हुन्छ।

-पकाइएको खानेकुरा खाने बेलामा चिसो भएको छ भने तताएर मात्र खानुस्।

४) खानेकुरा सुरक्षित तापक्रममा राख्नुस्

-पकाइएको खानेकुरा कोठाको सामान्य तापक्रममा दुई घण्टाभन्दा बढी नराख्नुस्।

-तयारी खानेकुरा खासगरी चाँडै बिग्रने खानेकुरा पाँच डिग्रीभन्दा कम तापक्रममा फ्रिजमा राख्नुस्।

-खानेकुरा खानुअघि तेज आँच ९६० डिग्रीभन्दा बढी तापक्रम० मा तताउनुस्।

-फ्रिजमा लामो समयसम्म खानेकुरा नराख्नुस् ।

- फ्रोजन फुड (बरफमा जमेको खानेकुरा) लाई कोठाको सामान्य तापक्रममा पग्लिनको लागि नछोड्नुस्।

५) सफा पानी र स्वच्छ भोजन सामग्री प्रयोग गर्नुस्

-सफा पानीमात्र प्रयोग गर्नुस्।

-ताजा तथा पौष्टिक खाद्य सामग्रीमात्र उपभोग गर्नुस्।

-सुरक्षित प्रोसेसिङ गरिएको खानेकुरामात्र उपभोग गर्नुस्। जस्तो कि पाश्चराइज्ड दूध

-फलफूल तथा तरकारी राम्रोसँग धुनुस्।

-कुनै पनि खाद्य पदार्थ उपभोग गर्नुअघि उत्पादन तथा उपभोग मिति हेर्न नबिर्सनुस्।

- बीबीसीबाट

प्रकाशित: Aug 07, 2021| 08:50 शनिबार, साउन २३, २०७८
प्रतिक्रिया दिनुहोस्