मंगलबार, जेठ १९, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेश प्रदेश सरकारद्वारा ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारद्वारा ठोरी क्षेत्रलाई विशेष पर्यटकीयस्थल घोषणा

मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई आज विशेष पर्यटकीयस्थल घोषणा गरेको छ। पर्साको ठोरीमा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरे।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

जनकपुर- मधेश प्रदेश सरकारले पर्साको ठोरी क्षेत्रलाई आज विशेष पर्यटकीयस्थल घोषणा गरेको छ। पर्साको ठोरीमा शुक्रबार आयोजित विशेष कार्यक्रमबीच मुख्यमन्त्री लालबाबु राउत गद्दीले यस क्षेत्रलाई प्रदेशको विशेष पर्यटकीय क्षेत्रको रूपमा घोषणा गरे। तराई मधेशको ‘मिनी उपत्यका’को नामले समेत परिचित ठोरीको प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले ठोरीलाई मधेश प्रदेश सरकारले पर्यटकीयस्थल घोषणा गरिएको मधेश प्रदेश सरकारले जनाएको छ।

National life

सुगम जिल्लाको दुर्गम क्षेत्र मानिने पर्साको ठोरीलाई अब प्रदेश सरकारले विशेष पर्यटकीयस्थल घोषणा गरेपछि यस क्षेत्रमा विकासको सुरुआत हुने विश्‍वास लिइएको मधेश प्रदेश सरकारका खानेपानी तथा ऊर्जा विकास मन्त्री ओमप्रकाश शर्माले जानकारी दिए। 

ठोरीलाई आयोजित विशेष पर्यटकीयस्थल घोषणा कार्यक्रममा मुख्यमन्त्री राउतसहित प्रदेश सरकारका विभिन्न मन्त्री, उच्च पदस्थ कर्मचारी, अन्य सरोकारवाला निकायको उपस्थिती रहेको थियो। केही दिन अगाडि मात्र ठोरी पुगेका मधेश प्रदेशका मुख्यमन्त्री राउतले ठोरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। 

पर्यटनको प्रचुर सम्भावना रहेको ठोरीमा प्रदेश र संघ सरकारको ध्यान नपुग्दा यस ठाउँको विकास अपेक्षित ढङ्गले हुन सकेको तर मधेश प्रदेश सरकारले ठोरीलाई पर्यटकीयस्थल घोषणा गरेसँगै यस क्षेत्रको विकासमा ठूलो टेवा पुग्ने आशा गरिएको छ। 

भारतसँग सिमानाका जोडिएको कारण पनि यहाँ दिनहुँ हजारौँको सङ्ख्यामा भारतीय र देशका अन्य ठाउँबाट पर्यटक आउने गरेका छन्। जिल्लाको उत्तरी भेगमा रहेको ठोरीलाई चितवनबाट भारत जाने मार्गका रूपसमेतमा प्रयोग गरिन्छ। नयाँ वर्ष वा कुनै विशेष दिन जिल्लाका विभिन्न स्थानबाट पर्यटक यहाँ पुग्ने गरेका छन्।

Shivam cement

प्रकाशित: Mar 25, 2022| 21:30 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।