काठमाडौं- मनकामना केबुलकार एक दिन बन्द हुने भएको छ। नियमित मर्मतसम्भारका लागिभन्दै यही चैत १४ गते सोमबार एक दिनका लागि केबुलबार बन्द हुने भएको हो।
मर्मतसम्भारपछि चैत १५ गते मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए। उनले यो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४ चेरेशस्थित बटम स्टेशनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत रहने बताएका छन्।
गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबुलकार स्तरोन्नतिको तयारीमा रहेको छ।