बिहीबार, साउन २८, २०८३

ट्याक्टरको ठक्करबाट दुई वर्षीय बालकको मृत्यु

सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुर चोकमा बिहीबार साँझ ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- सर्लाहीको पर्सा गाउँपालिका-३ नारायणपुर चोकमा बिहीबार साँझ  ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ। 

मृत्यु हुनेमा स्थानिय जोगिन्द्र साहका दुई वर्षीय छोरा रितिक साह रहेका छन्। घाइते बालकको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा बेलुकी साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रदेश २, ०३ ००१ त २४३९ नम्बरको ट्याक्टरले बिहीबार साँझ सवा ६ बजे घर अगाडि खेल्ने क्रममा बालकलाई  ठक्कर दिएको थियो। ठक्कर पश्चात चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी नारायणपुर सर्लाहीले जनाएको छ।

प्रकाशित: Mar 25, 2022| 09:05 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।