सोमबार, असार ८, २०८३

झापामा एक वृद्धा १२ दिनदेखि बेपत्ता

मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छन्। आमा बेपत्ता भएको १२ दिन बितिसक्दासमेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

झापा- मेचीनगर नगरपालिका–६ की ७० वर्षीया लीलामाया कार्की १२ दिनदेखि बेपत्ता भएकी छन्। आमा बेपत्ता भएको १२ दिन बितिसक्दासमेत प्रहरीले खोजीकार्यमा चासो नदेखाएको भन्दै परिवार र स्थानीयवासीले गुनासो गरेका छन्।

National life

परिवारका सदस्यले बिहीबार पत्रकार सम्मेलन गरेर आमाको खोजीमा प्रहरीबाट सहयोग नपाएको गुनासो गरेका हुन्। वि.सं. २०७८ फागुन २९ गते घरबाट हिँडेकी लीलामाया हालसम्म नफर्किएपछि परिवार र आफन्त उनको खोजीमा दिनरात भौँतारिरहेका छन्।

उनी ठूली छोरीकामा जान्छु भनेर घरबाट हिँडे पनि भोलिपल्टसम्म नपुगेपछि चौतर्फी खोजी गर्दासमेत फेला पार्न नसकेको उनका छोरा प्रेमकुमार कार्कीले बताए। उनले भने, 'हामीले आफन्तकामा खोजी सकिऊ, कुनै अप्रिय घटना पो भयो कि भनेर वनजङ्गल, खोलानाला सबै चाहरीसक्यौं तर आमालाई भेट्न सकेनौं।'

लीलामायाका जेठा ज्वाइँ यामप्रसाद मैनालीले आमा २९ गते अपराह्न २:५५ बजे काँकडभिट्टाबाट सूर्योदय यातायात चढेर पश्चिमतर्फ लागेको सिसीक्यामेराको फुटेज भेटिएको जानकारी दिए। उनले भने, 'आमा हाम्रोमा जाने भनेर हिँड्नुभएको रहेछ तर हाम्रोमा आइपुग्नु भएन, गाडी चडेर अन्तै लाग्नुभएको भेटियो कहाँपुग्नु भयो, कस्तो अवस्थामा हुनुहुन्छ केही थाहा छैन।'

यही चैत १ गते नै आमा हराएको उजुरी प्रहरीलाई दिए पनि हालसम्म प्रहरीले कुनै जानकारी नगराएको उनको भनाइ थियो। घरबाट हिँडेको यतिका दिन बितिसक्दा समेत कहीँकतै नभेटिँदा अपहरण भएको हुनसक्ने आशङका समेत गर्न थालिएको छ। रासस

Shivam cement

प्रकाशित: Mar 25, 2022| 08:35 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।