बिहीबार, साउन २८, २०८३

इजाजत लिएका हतियार बुझाउन रसुवा प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

रसुवा- जिल्ला प्रशासन कार्यालय रसुवाले इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी नवराज जैसीले एक सूचना जारी गर्दै इजाजत लिई राखिएका हतियार बुझाउन आग्रह गरेका हुन्। 

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्येनजर राख्दै इजाजत लिइएका हतियार चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन प्रशासनले आग्रह गरेको हो।

स्थानीय तहको निर्वाचनलाई भरपर्दो विश्वसनिय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन आग्रह गरिएको उनले बताए। तोकिएको समयमा हतियार नबुझाएमा कानुन बमोजिम भैजानेसमेत सूचनामा उल्लेख छ।

प्रकाशित: Mar 25, 2022| 08:20 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।