काठमाडौं- इलाममा प्रहरीले नियन्त्रणमा लिएको दुई हजार किलो छुर्पी फिर्ता गरिएको छ। इलामका दूध उत्पादक तथा व्यवसायीहरूको आन्दोलन पश्चात् छुर्पी फिर्ता गरिएको हो।
कृषि उत्पादनलाई अवैध भनी मुचुल्का गर्ने प्रहरीलाई आवश्यक विभागीय कारबाही गर्ने प्रहरीको प्रवद्धतापछि दूध उत्पादक किसानले आन्दोलन फिर्ता लिएका छन्।
सम्पूर्ण बिल र उत्पादनको प्रमाण हुँदाहुँदै पनि गत साता प्रहरीले दुई हजार किलो छुर्पी नियन्त्रणमा लिएको थियो। त्यसपछि व्यवसायी आन्दोलित बनेका थिए।