मंगलबार, कात्तिक १०, २०८३

...त्यसकारण रेखाले बलिउडमा पाइला राखिन्

जिब्रोमा बलिउड अभिनेत्री रेखाको नाम आउँदा 'इन आँखो की मस्ती के मस्ताने हजारोँ है....' गीतको शब्द आफैँ याद आउँछ। आफ्नो जमानाकी सुन्दर नायिका रेखाका फ्यानहरुको कुनै कमी छैन।
 |  शुक्रबार, चैत ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ११, २०७८

काठमाडौं- जिब्रोमा बलिउड अभिनेत्री रेखाको नाम आउँदा 'इन आँखो की मस्ती के मस्ताने हजारोँ है....' गीतको शब्द आफैँ याद आउँछ। आफ्नो जमानाकी सुन्दर नायिका रेखाका फ्यानहरुको कुनै कमी छैन। 

उनी अहिले पनि आफ्नो स्टाइलले नयाँ जमानाका नायिकासँग प्रतिस्पर्धा गर्छिन्। रेखा कुनै न कुनै कारणले चर्चामा रहन्छिन्। यसपटक उनी आफ्नो पर्सनल लाइफका खुलासाका कारण चर्चामा छिन्। जुन उनले धेरै वर्षअघि एक अन्तर्वार्तामा गरेका थिए। अहिले उनको पुरानो अन्तर्वार्ता सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ। 

आफ्नो जमानामा धेरै ठूला कलाकारसँग सुपरहिट फिल्म दिने रेखाको बारेमा थाहा पाउँदा छक्क पर्नुहुनेछ। रेखाले आफूलाई हिन्दी फिल्मका लागि अप्रोच गर्दा उनले अस्वीकार गरेको बताएकी थिइन्। उनी बलिउड इन्डस्ट्रीमा आउन चाहना राखेकी थिइनन्। बलिउडमा आउनुको एउटै कारण थियो।

रेखाले आफ्नो अन्तर्वार्तामा हिन्दी नजान्दा पनि फिल्ममा साइन हुनु भाग्यको कुरा बताइन्। त्यतिबेला न त उनलाई हिन्दी जान्थे न त उनी यस उद्योगको हिस्सा बन्न चाहन्थिन्। तर उनी फिल्ममा आएर एक दिन ठूलो अभिनेत्री बनोस् भन्ने उनको आमाको चाहना थियो। त्यही भएर उनी बलिउडमा आइन्।

उनले आफूलाई छ वर्षसम्म अभिनय गर्न बाध्य पारेको बताए। उनले सुटिङमा नजाने बहाना बनाइन्। सुटिङमा आउँदा कहिले सेटबाट गायब हुन्थीन् त कहिले बिरामी भएर। सन् १९७५ मा उनले आफ्नो मन परिवर्तन गरिन् र अभिनयमा ध्यान दिन थालिन्। वास्तवमा सन् १९७५ को फिल्म ‘घर’ पछि मात्रै अभिनयमा रुचि जाग्यो र त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेन।

सायद तपाईंलाई थाहा नहुन सक्छ कि रेखा अहिले कुनै फिल्मको हिस्सा छैनन् तर उनी प्रायः कार्यक्रम र धेरै टेलिभिजन कार्यक्रमहरुमा अतिथिको रुपमा भाग लिन्छिन्। उनले आफ्नो करियर बाल कलाकारको रुपमा सुरु गरेकि थिइन्। त्यसपछि उनले साउथ फिल्ममा काम गर्न थालिन्। केही समयपछि उनलाई बलिउडमा आउने मौका मिल्यो र उनी चर्चित अभिनेत्री भइन्।   -अमरउजालाबाट

प्रकाशित: Mar 25, 2022| 05:30 शुक्रबार, चैत ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।