सोमबार, असार ८, २०८३

ड्रोनको माध्यमबाट घरको विवरण संकलन

महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८
National life
Shivam cement

विराटनगर- ड्रोनको माध्यमबाट विराटनगर महानगरपालिकामा रहेका घरको विवरण सङ्कलन गर्ने कार्य आजदेखि सुरु गरिएको छ। महानगरपालिकाका प्रमुख भीम पराजुलीले उक्त कार्य शुभारम्भ  गर्दै नगरको विकासमा घर, सडकलगायत सम्पूर्ण पूर्वाधारका विषयमा प्राप्त हुने जानकारीले सघाउ पुग्ने विचार व्यक्त गरे।

डिजी निर्माण इञ्जीनियरिङ प्रालिका प्रमुख विवेक सिंहले ग्लोवल पोजिशन सिष्टम (जिपिएस)द्वारा नगरका १० फिटभित्रको क्षेत्रफलमा रहेका घरको विवरणर सङ्कलन गर्नाका साथै घर जग्गाको डिजिटल तस्वीरबाट नाप, नक्सा लिन सकिने भएकाले सार्वजनिक सेवा पबाहमा उल्लेनीय सुधार ल्याउने जानकारी दिए। 

उनले रु १७ लाखको लगानीमा  आगामी असार मसान्तसम्म सम्पूर्ण कार्य सम्पन्न गर्न दैनिक नौ कर्मचारीमार्फत प्रत्येक दिन दुईवटा ड्रोनबाट नाप, नक्सा सङ्कलन गरिने बताए। ड्रोनको माध्यमबाट सङ्कलन गरिने  विवरण गुगलमार्फत अन्तराष्ट्रिय क्षेत्रबाट पनि जानकारी लिन सकिने छ।

प्रकाशित: Mar 24, 2022| 23:55 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।