बिहीबार, साउन २८, २०८३

परराष्ट्रमन्त्रीद्वारा शोक व्यक्त

परराष्ट्रमन्त्री डा. नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- परराष्ट्रमन्त्री डा. नारायण खड्काले पूर्वअमेरिकी विदेशमन्त्री मेडेलिन अल्ब्राइटको निधन भएकामा गहिरो दुःख प्रकट गर्दै समवेदना व्यक्त गरेका छन्। 

राष्ट्रपति बिल क्लिन्टनको प्रशासनमा पहिलो महिला विदेशमन्त्रीका रूपमा अमेरिकी विदेश नीतिलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनको बुधबार ८४ वर्षको उमेरमा निधन भएको हो। उनी क्यान्सरबाट पीडित थिइन्।

'म्याडम अल्ब्राइटले नेपाल–अमेरिका सम्बन्धलाई मजबुत बनाउन गर्नुभएको योगदान र मानवताप्रतिको करुणाका लागि नेपाली जनताले सम्झिरहनेछन्,' सामाजिक सञ्जालमा मन्त्री खड्काले समवेदना व्यक्त गर्दै लेखेका छन्। 

एक शरणार्थी, आप्रवासी महिला उनलाई प्रतिभाशाली रणनीतिकार एवं कूटनीतिक ‘रोल मोडेल’ का रूपमा धेरै अमेरिकी महिला कूटनीतिज्ञहरूले लिने गरेका छन्। 

अमेरिकाको उच्च कूटनीतिज्ञ बन्नु अघि संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूतको रूपमा सेवा गरेकी उनले आणविक हतियारको अप्रसार रोक्न तथा विश्वभर मानवअधिकार र लोकतन्त्रको प्रबर्द्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेकी थिइन्। 

प्रकाशित: Mar 24, 2022| 21:30 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।