बुधबार, चैत ४, २०८२

देशभर सक्रिय कोरोना संक्रमितको संख्या

पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ३५ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार सार्वजनिक गरेको बुलेटिनमा पाँच हजार २६८ जनाको कोरोना परीक्षण गरिएको थियो।  

National life

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २१९ रहेको छ। पछिल्लो २४ घण्टामा २६६ कोरोनाबाट निको भएर घर फर्किएका छन्। योसँगै निको हुनेको संख्या नौ लाख ६४ हजार १२७ पुगेको छ। निको हुने दर ९८.६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।

संक्रमणबाट पछिल्लो २४ घण्टामा कोहीको पनि ज्यान गएको छैन। मन्त्रालयका अनुसार २०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा ललितपुर र  काठमाडौँ रहेका छन्। शून्य सङ्क्रमित भएका जिल्लामा धनकुटा, सङ्खुवासभा, मनाङ, मुस्ताङ, पूर्वरुकुम, बाजुरा, डोल्पा, हुम्ला र जुम्ला छन्। 

नेपालमा सङ्क्रमण दर १७.७ प्रतिशत छ। हाल होम आइसोलेशनमा दुई हजार १७९, संस्थागत आइसोलेशनमा ४०, आइसियुमा २१ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। विगत २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

प्रकाशित: Mar 24, 2022| 21:10 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्