सोमबार, मंसिर २९, २०८२

औषधिमै आर्थिक अनियमितता !

स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ। नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरिएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

National life
Laxmi sunrise bank
kumari

हुम्ला- स्थानीय सरकारले आफ्ना नागरिकलाई स्वास्थ्य सुविधा उपलब्ध गराउनका लागि औषधि खरिद गर्ने गरेको छ। नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउनका लागि खरिद गरिने औषधिमा नै आर्थिक अनियमितता गरिएको छ। 

हुम्लाको सर्केगाड गाउँपालिका–३ का वडाध्यक्ष गजबहादुर रावतले गाउँपालिकाबाट औषधि खरिदका लागि आएको रकमबाट कम औषधि खरिद गरी बाँकी रकम हिनामिना गरेको पाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा दायर गरेको मुद्दाका आधारमा औषधिका लागि विनियोजित बजेट हिनामिना भएको पाइएको हो। 

उक्त कार्यमा वडाध्यक्ष रावत, सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, प्रमुख प्रशासकीय अधिकृत यज्ञश्वर पाण्डे र लेखापाल सुरतबहादुर रेश्मीको संलग्नता रहेको अख्तियारले जनाएको छ। आयोगले बिगो बमोजिमको कारबाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए। 

प्रकाशित: Mar 24, 2022| 22:10 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।