शनिबार, मंसिर १३, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • कालिगण्डकी–तिनाउ डाईभर्सनमा गण्डकीले सहयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

कालिगण्डकी–तिनाउ डाईभर्सनमा गण्डकीले सहयोग गर्नुपर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सन गर्नुपर्ने बताएका छन्। बुटवलमा विहिबारदेखि शुरु भएको कृषि मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सिचाईँका लागि कालीगण्डकीको पानी तिनाउमा ल्याउनुपर्ने बताए।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

बुटवल- लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले कालिगण्डकी–तिनाउ डाईभर्सन गर्नुपर्ने बताएका छन्। बुटवलमा विहिबारदेखि शुरु भएको कृषि मेलाको उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले सिचाईँका लागि कालीगण्डकीको पानी तिनाउमा ल्याउनुपर्ने बताए। 

National life

केही समयदेखि कालीगण्डकी डाइभर्सनको विषयलाई लिएर गण्डकी प्रदेश सरकार र मन्त्रीहरुले विरोध गर्दै आएका थिए। गण्डकी प्रदेशका प्रदेश प्रमुख समेत भइसकेका प्रमुख शेरचनले राष्ट्रिय उत्पादनमा योगदान गर्न कालिगण्डकी–तिनाउ डाईभर्सन जरुरी रहेको बताए। 

उनले डाइभसर्नमा गण्डकी प्रदेश सरकारले सहयोग गर्नुपर्ने बताए। कृषिको आधुनिकिकरण र व्यवसायिकिकरणको लागि रुपन्देही सहित तराईका भू-भाग सिंचित गर्न कालीगण्डकीको पानी ल्याउन उपयुुक्त हुने उनको भनाई छ। 

राष्ट्रिय हितलाई ख्याल नगरी सन्धि सम्झौता गरिएको कारण आफ्नो देशको पानी आफैले प्रयोग गर्न नपाईएको बताउँदै प्रदेश प्रमुख शेरचनले यहिबाट लगेको पानीले भारतमा ३-४ बाली उत्पादन गर्ने र त्यही उत्पादन नेपालमा आयात गर्नुपरेको उनले बताए। ‘यो परिस्थिती तोड्को लागि पनि कालिगण्डकी–तिनाउ डाईभर्सन अपरिहार्य छ’ प्रदेश प्रमुख शेरचनले भने। बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र लुम्बिनी प्रदेशको कृषि खाद्य, प्रबिधि तथा भूमि व्यवस्था मन्त्रालयको आयोजनामा कृषि मेला सुरु भएको हो।

‘बजारमुखि कृषिको आधार, समुन्नत नेपालको पूर्वाधार’ भन्ने मुल नाराका साथ १४ गतेसम्म मेला सञ्चालन हुनेछ।  बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले कृषिमा व्यवसायिक विकास गरि कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान बढाउन विशिष्टिकृत कृषि मेला आयोजना गरिएको बताए।

Laxmi sunrise bank
kumari

नेपाल उद्योग वाणिज्य महासंघका सदस्य तथा कृषि उद्यम केन्द्रका अध्यक्ष अरुणराज सुमार्गीले कृषिको विकासको लागि नीतिगत व्यवस्था, वैज्ञानिक व्यवसायिकिकरण आवश्यक रहेको बताए।

संघले २०६२ सालदेखि निरन्तर कृषि मेला गर्दै आएको छ। यो दशौं संस्करणको कृषि मेला हो।  पाँच दिनसम्म सञ्चालन गरिने मेलामा कृषिका अत्याधुनिक प्रविधि धान रोप्ने, बाली काट्ने, गोड्ने, बेलर मेशिन, थोपा सिचाई, हाइड्रोपोनिक्स, मौरी पालन, जैबिक मल आदी) को प्रदर्शनी गरिने छ। त्यस्तै कृषि डिजिटाइजेसनको लागि जियो कृषि एपको बारेमा कृषकलाई जानकारी तथा प्रर्दशन गरिने आयोजकले जनाएको छ।

प्रकाशित: Mar 24, 2022| 19:38 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।