बिहीबार, साउन २८, २०८३

पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश गरेको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश गरेको छ।

बिहिबार तनहुँ जिल्ला अदालतमा  भएको थुनछेक बहसपछि न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले शाहलाई थुनामा पठाउने आदेश जारी गरेको हो।

'पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ,' तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले भने। 

यस्तै पलका म्यानेर कृष्ण जोशीलाई भने एक लाख रुपैयाँ धरौटी लिएर रिहा गर्नसमेत अदालतले आदेश जारी गरेको छ। जबर्जस्ती करणीपछि घटना सामसुम पार्न मतियार बनेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको थियो। 

मुख्य अभियुक्त शाहलाई १४ वर्षसम्म कैद सजाय माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय तनहुँले चैत ८ गते जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो। जोशीका हकमा भने आधा सजाय माग गरिएको थियो। 

प्रकाशित: Mar 24, 2022| 19:01 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।