काठमाडौं- नाबालिगमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका पल शाहविरुद्धको मुद्दामा तनहुँ जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ। पलका पक्षबाट ११ जना र जाहेरवालाका पक्षबाट ७ जना कानुन व्यवसायीले गरेको थुनछेक बहस सकिएको हो।
'पल प्रकरणको मुद्दामा थुनछेक बहस सकिएको छ। अहिले आदेश लेख्ने काम भइरहेको छ,' तनहुँ जिल्ला अदालतका स्रेस्तेदार मीनबहादुर कुँवरले भने,'आजै आदेश आउँछ।'
न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासमा थुनछेक बहस भएको थियो।
जिल्ला सरकारी वकिल कार्यालय तनहुँले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता गराएको थियो।