राजविराज- सप्तरीको विष्णुपुर गाउँपालिका कार्यालयले ३४ स्वास्थ्यकर्मी महिला स्वास्थ्य स्वयंसेविकालाई शुक्रबार साइकल प्रदान गरेको छ।
यससँगै १८ वटै स्थानीय तहमध्ये सप्तरीमा महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गर्ने विष्णुपुर पहिलो गाउँपालिका बनेको गाउँपालिका उपाध्यक्ष जनजीरादेवी यादवले जानकारी दिए। यसबाट सो गाउँपालिकामा रहेका सात वटै स्वास्थ्यचौकीबाट दिइने स्वास्थ्य सेवा अझ प्रभावकारी हुने गाउँपालिकाका अध्यक्ष लीलाम्बर यादवले बताए।
प्रशासकीय अधिकृत रञ्जीतजंग अधिकारीले आवश्यक बजेट अभाव भए पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रलाई प्राथमिकतामा राख्दै अन्य शीर्षकबाट पनि केही केही बजेट कटौती गरी साइकल खरीद गरिएको बताए। स्वास्थ्य स्वयंसेविका अरुलादेवी यादवले अब स्वास्थ्यचौकी र वडा कार्यालयसम्म पुग्न निकै सजिलो हुने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४