सोमबार, असार ८, २०८३

चितवनको भरतपुर महानगरपालिकामा लालपुर्जा वितरण

भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

चितवन- भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले चितवनको भरतपुर महानगरपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई आज जग्गा धनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरेकी छन्।

National life

भरतपुर महानगरपालिकाको वडा नम्बर २९ को गाउँब्लकमा रहेका भूमिविहीनहरूलाई लालपुर्जा वितरण गर्दै मन्त्री श्रेष्ठले गाउँब्लकको जमिनको लाल पुर्जा दिने कामलाई मन्त्रालयले पहिलो प्राथमिकतामा राखेर गरिरहेको बताइन्।

उनले आगामी आर्थिक वर्षसम्ममा गाउँब्लकमा रहेका सबै भूमिहीनलाई लालपुर्जा वितरण गरिसक्ने गरी काम अगाडी बढाइएको भन्दै देशभित्र रहेका जग्गा सम्बन्धी सम्पूर्ण समस्या पनि एक वर्षभित्र समाधान गरिसक्ने गरी योजना बनाएर मन्त्रालय अगाडी बढ्न लागेको बताइन्। 

राष्ट्रिय भूमि आयोग मार्फत भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने काम सरकारको उच्च प्राथमिकतामा रहेको भन्दै मन्त्री श्रेष्ठले समिति र आयोग मात्रै गठन गर्ने र काम नगर्ने प्रवृत्ति पनि अव अन्त्य गर्ने गरी काम भइरहेको पनि बताइन्। 

वास्तविक सुकुम्वासीले मात्रै जग्गा पाउन र गैरसुकुम्वासीले जग्गा नपाउन भन्नेमा सचेत बन्न जनता र जनप्रतिनिधिहरूलाई मन्त्री श्रेष्ठले आग्रहसमेत गरिन्।

Shivam cement

मन्त्री श्रेष्ठले यसअघि महोत्तरीको रामगोपालपुर, सप्तरी, धनुषा, सुनसरी, चितवनको इच्छा कामना गाउँपालिका, काठमाडौंको कीर्तिपुर नगरपालिका,  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका र तनहुँको बन्दीपुर गाउँपालिकाको गाउँब्लकमा रहेका भूमि विहीनहरूलाई लालपुर्जा वितरण गरिसकेकी छन्।

२०२१ साल यता जग्गाको नापी हुँदा गाउँब्लकका रूपमा राखिएका र विभिन्न समयमा जग्गा नापी भएर पनि लालपुर्जा विहीन बनिरहेकाहरूको लालपुर्जा वितरण कार्यलाई पहिलो प्राथमिकतामा राखेर मन्त्रालयले अभियानलाई तीव्र बनाएको छ।

प्रकाशित: Mar 24, 2022| 14:15 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।