बिहीबार, साउन २८, २०८३

नेपालभाषा साहित्य महोत्सव चैत ११ बाट

नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा चैत ११ र १२ गते हुने भएको छ। पाँच वर्षअगाडि सुरु भएको नेपालभाषा महोत्सव कीर्तिपुरमा हुने आयोजक सन्ध्या टाइम्स पिथनाले जनाएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- नेपालभाषा साहित्य महोत्सवको चौथो संस्करण कीर्तिपुरमा चैत ११ र १२ गते हुने भएको छ। पाँच वर्षअगाडि सुरु भएको नेपालभाषा महोत्सव कीर्तिपुरमा हुने आयोजक सन्ध्या टाइम्स पिथनाले जनाएको छ।

कोभिड–१९ महामारीका कारण गत वर्ष कार्यक्रम हुन नसेकेकोले यस वर्ष चौथो संस्करणको रूपमा कार्यक्रम हुन लागेको हो।

विभिन्न ७ वटा सेसनमा सञ्चालन हुनेछ महोत्सवमा काठमाडौं, ललितपुर र कीर्तिपुरका मेयरलाई सम्मान गर्ने आयोजकले बताएको छ।

‘कीर्तिपुर नगर सांस्कृतिक सम्पदाले भरिपूर्ण नगर हो। यहाँ रहेको यस्ता सांस्कृतिक सम्पदाबारे प्रचार प्रसार गरी पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले सम्पदा भ्रमणको कार्यक्रम पनि महोत्सव अन्तर्गत रहेको छ,’ आयोजकले जारी गरेको विज्ञप्तिमा लेखिएको छ।

कार्यक्रमको पहिलो दिन पूर्णराम मुनंकर्मिको निबन्ध ‘नेवाः गौरव’, महाकवि गिरिजाप्रसाद जोशीको उपन्यास संकलन ‘गिरिजाप्रसादया उपन्यास’, रामभक्त कायस्थको हाइकु संकलन ‘लखय् लूगु किचः’, स्नेह सायमिको लघुकथा संकलन ‘स्नेह साय्मिया चिबाखं’ र राजेन्द्र कुमार ‘पुता’को सांस्कृतिक उपन्यास ‘खिउँफल्चा’को लोकार्पण गर्ने कार्यक्रम रहेको छ।

उद्घाटन कार्यक्रमपश्चात् सम्पदा भ्रमण गरी कीर्तिपुरको ऐतिहासिक स्थल कीर्तिपुर दरबार क्षेत्रमा पुगी विभिन्न कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ।

दोस्रो दिन पांगाको सम्पदा भ्रमणका साथै ‘कीर्तिपुरको सांस्कृतिक सम्पदा र पर्यटकीय सम्भावना’ र ‘नेपालभाषा पठनपाठनबाट हुने साहित्य विकास’ विषयक अन्तरक्रियात्मक कार्यक्रम हुनेछ। अन्य धेरै विषयमा अन्तर्क्रिया हुने आयोजकले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

महोत्सवको दोस्रो दिन बीस जनाभन्दा बढी साहित्यकारहरूले कथा, कविता, हाइकु, गजल, मुक्तक वाचन गर्नेछन्।

प्रकाशित: Mar 24, 2022| 14:05 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।