काठमाडौं- औषधि सल्लाहकार समितिको ५३औं बैठक आज बस्दैछ। औषधि सम्बन्धी विभिन्न निर्णय गर्न दउँसो ४ बजे बैठक बस्न लागेको हो।
औषधि व्यवस्था विभागका अनुसार बैठकमा विभिन्न ६ वटा कार्यसूची छन्। पहिलो कार्यसूचीको रुपमा पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने उल्लेख छ।
यस्तै, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्ध दिइने फाइजर बायोन्टेकको नयाँ खोपको लागि आपतकालीन अनुमति प्रदान गर्ने बारेमा समेत प्रस्ताव गरिएको छ।
पशुपन्छी औषधि व्यवसायी तालिम सञ्चालन सम्बन्धी कार्यविधि २०७८ स्वीकृत गरी औषधि व्यवस्था विभागलाई परामर्श दिने, औषधि बिक्रि वितरण संहिता २०७८ स्वीकृत गरी लागू गर्न विभागलाई परामर्श दिने, औषधिको स्तर निर्धारण गर्ने लगायत विषय रहेका छन्।