सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा

चन्द्रागिरिमा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

काठमाडौं- चन्द्रागिरि नगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याएको छ।

National life

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमा बोर्डको उच्च प्राथमिकता प्राप्त कार्यक्रम कार्यान्वयन गर्ने चन्द्रागिरि काठमाडौं उपत्यकाभित्र दोस्रो नगरपालिका भएको छ। 

हाल नगरपालिकाले १५ शय्याको थानकोट नगर अस्पताल, एक शहरी स्वास्थ्य केन्द्र तथा १० स्वास्थ्य चौकीमार्फत नगरवासीलाई निःशुल्क स्वास्थ्य सेवा  प्रदान गरिराखेका छ।

यी स्वास्थ्य संस्थामा सरकारको मापदण्ड अनुसारका प्रयोगशालाको पनि सुविधा छ। चन्द्रागिरि–४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न जर्मन विकास बैंक (केएफडब्लू) को १ अर्ब रुपैयाँ बराबरको आर्थिक एवं प्राविधिक सहयोगमा अत्याधुनिक अस्पताल निर्माण हुन लागेको छ। 

नगर प्रमुख घनश्याम गिरी र बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले संयुक्तरूपमा बुधवार आयोजित कार्यक्रममा चनपा–४ का ७४ वर्षीय ज्येष्ठ नागरिक तुइलाल नकर्मीलाई बीमा कार्ड वितरण गरी स्वास्थ्य बीमा कार्यक्रमको शुभारम्भ गरेका छन्।

Shivam cement

बिहीवारदेखि नगरका १५ वटै वडामा दर्ता सहयोगीले बीमा दर्ता गराउन शुरू गर्ने जनाइएको छ।  

नगरपालिकाले बीमित लागि चन्द्रागिरि–४ स्थित थानकोट प्राथमिक अस्पतालमा सेवा लिन सक्ने जनाएको छ। बीमा आबद्ध भइसकेपछि १ लाख रुपैयाँसम्मको सेवा निःशुल्क प्राप्त गर्न सकिने छ। ती सेवामा आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक सेवा तथा तोकिएका औषधि निःशुल्क प्राप्त गर्न सकिने जनाइएको छ। 

यसका लागि ३ जनासम्मका परिवारले ३ हजार ५०० रुपैयाँ योगदान रकम तिर्नुपर्नेछ। अतिगरीब, एचआईभी संक्रमित, कुष्ठरोगी, फरक क्षमता भएका (अपाङ्गता) र ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई सो योगदान रकममा शतप्रतिशत छुटको व्यवस्था गरिएको छ।  

सो अवसरमा नगर प्रमुख गिरीले भने, ‘म बीमा कार्यक्रममा आबद्ध हुन सबै नगरवासीलाई आह्वान गर्दछु। यसले आधारभूत स्वास्थ्य सेवा पाउन सहयोग पुग्ने छ। नगरवासी उपचारका लागि अन्यत्र जानु नपर्ने गरी स्वास्थ्यका पूर्वाधार, जनशक्ति तथा उपकरण विकासमा नगरपालिकाले उच्च प्राथमिकता दिएको छ। नगरभित्रका सबै स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सेवा प्रदान गरिराखेका छौं।’

पछिल्लो समय कोरोना विरुद्धको खोप लगाउन नगरपालिकाले घरदैलो अभियान सञ्चालन गरी खोप कार्यक्रम  पनि सञ्चालन गरिराखेको छ।  

नगरपालिकाले स्थानीय बजेटमार्फत १५ वटै वडामा स्वास्थ्य प्रवद्र्धन गर्न ४ लाख रुपैयाँ विनियोजन समेत गरेको छ। यस्तो बजेट विनियोजन गर्ने चन्द्रागिरि पहिलो भएको बताइएको छ।

नगरपालिकाले स्वास्थ्य सेवामा लगानी वृद्धि गर्दै जाने नीति लिएको नगर प्रमुख गिरीले जानकारी दिए। उनले भने, ‘समृद्ध चन्द्रागिरि बनाउने मेरो अभियान जारी छ। यसका लागि मेरो कार्यकालमा पूर्वाधार, शिक्षा, स्वास्थ्यका क्षेत्रमा महत्त्वपूर्ण काम भए। केही सम्पन्न हुने चरणमा छन्।’ समग्र स्वास्थ्यको सूचांकमा चन्द्रागिरिको अवस्था राम्रो भएको जनाइएको छ।

प्रकाशित: Mar 24, 2022| 11:34 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।