बिहीबार, साउन २८, २०८३

स्थानीयले बन्द गरे जोरपाटी-साँखु सडक

साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासी बिहीबार बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर स्थानीयले प्रदर्शन गरिरहेका छन्।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८

जोरपाटी- साँखु सडकखण्ड कालोपत्र गर्न माग गर्दै थलीबासी बिहीबार बिहानैदेखि सडक बन्द गरेका छन्। सडकमा बाँस तेर्साएर स्थानीयले प्रदर्शन गरिरहेका छन्।

थली-साँखु सडक संघर्ष सरोकार समितिका संयोजक मनिष सिंखडाले सडक कालोपत्र गर्न दबाब दिन सडक बन्द गरिएको बताएका छन्।

कालोपत्र नहुँदा आफूहरूले हिउँदमा धुलो र बर्खामा हिलोबाट सास्ति खेप्नु परेको स्थानीयको गुनासो छ। २०७६ मै सडक कालोपत्र गर्ने भने पनि अहिलेसम्म कालोपत्र हुन नसकेको भन्दै स्थानीय आन्दोलित बनेका छन्।

२०७६ जेठ मा ६ महिनाभित्र कालोपत्र गर्ने सहमति भएको थियो। दुई वर्ष भइसक्दा पनि सडक अलपत्र छ।

प्रकाशित: Mar 24, 2022| 11:06 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।