सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

हेटौँडामा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।
 |  बिहीबार, चैत १०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १०, २०७८
National life
Shivam cement

गण्डकी- हेटौँडा उपमहानगरपालिका–१९ मा आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–८ बस्ने २८ वर्षीय सागर स्याङ्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिए।

बिहान २ बजेको समयमा भुन्द्रुङबाट बस्तीपुर हाईवेतर्फ आउँदै गरेको ना६त १८४५ नम्बरको खाली ट्र्याक्टर उक्त स्थानको राप्तिखोलास्थित काठको पुलबाट पार गर्ने क्रममा अचानक पुल भाचिँदा दुर्घटना भएर उनको मृत्यु भएको प्रहरी नायब उपरीक्षक रिमालले बताए।

मृतक स्याङ्तान ट्र्याक्टर चालक हुन्। उनको शव पानीमुनि ट्र्याक्टरले चापिएको अवस्थामा ३ :३० बजेको समयमा फेला परेको प्रहरीले जनाएको छ। 

प्रकाशित: Mar 24, 2022| 10:25 बिहीबार, चैत १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।