धनगढी- कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको ज्यान गएको छ।
बुधबार राति ८ बजे जिल्लाको घोडाघोडी नगरपालिका-१० स्थित सशस्त्र प्रहरी ब्यारेक नजिक सुपप्र ०१ ०१० प ४२८७ नम्बरको मोटरसाइकल दुर्घटना भएको प्रहरीले बताएको छ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ का २७ वर्षीय हरिशरण चौधरीको मृत्यु भएको छ। मोटरसाइकलमा तीन जना सवार रहेको प्रहरीले जनाएको छ।
मोटरसाइकल पछाडि सवार घोडाघोडी-९ कै २२ वर्षीय दिपेन्द्र चौधरी सामान्य घाइते भएका र चालक सोही ठाउँका ३० वर्षीय किसन चौधरीलाई नियन्त्रणमा लिइएको प्रहरीको भनाइ छ।